निर्वाचन अवधिभर झापामा मदिरा बिक्री–वितरण र सेवनमा पूर्ण निषेध

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ फाल्गुण, २०८२
४ महिनाअघि

झापा— जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा मादक पदार्थ (मदिरा) बिक्री–वितरण तथा सेवनमा पूर्ण निषेध लगाएको छ। शुक्रबार सूचना जारी गर्दै प्रशासनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निर्वाचनको मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री, वितरण तथा सेवन कार्यमा प्रतिबन्ध लगाइएको जनाएको छ।

कार्यालयका अनुसार गृह मन्त्रालयमार्फत निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त कदम चालिएको हो। फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए।

Advertisement

प्रशासनले जारी गरेको सूचना उल्लंघन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

‘हेभी वेट’ उम्मेदवारको प्रतिस्पर्धाका कारण झापामा सुरक्षा संवेदनशीलता बढेकाले निगरानी कडाइ गरिएको प्रशासनले जनाएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले नजिकिँदै गरेको होली पर्व मनाउँदा अपनाउनुपर्ने सावधानीबारे पनि जिल्लावासीलाई सचेत गराएको छ। होलीको बहानामा राजनीतिक नाराबाजी गर्ने, दलका झण्डा, चुनाव चिन्ह, लोगो वा उम्मेदवारका तस्वीर अंकित टि–सर्ट, टोपी, गम्छा वा मास्क उत्पादन, बिक्री–वितरण तथा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०