बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
२ महिनाअघि

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचार–प्रसारका क्रममा दुवै पक्षबीच विवाद हुँदा झडप भएको हो।

झडपमा परी घाइते हुनेमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही स्थानका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले उक्त जानकारी दिएका हुन्।

प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ।

घाइते दुवैजनाको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित समय: बुधबार १३ फाल्गुण, २०८२, २२:०५:००
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०