अधुरा काम सक्ने योजनासहित उम्मेदवार बनेकी चौधरी

नगेन्द्र खड्का
बुधबार ६ फाल्गुण, २०८२
२ महिनाअघि

दुहबी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरी आफ्नो क्षेत्रलाई नमूना बनाउने संकल्पका साथ अगाडि बढिरहेकी छन् । नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्रीसमेत रहेकी चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा होमिएकी हुन् ।

सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी चौधरीले यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई हराउँदै संघीय सांसद बनेकी थिइन् । गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवतीले बाजी मारेकी थिइन् ।

गच्छदारको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवतीले जिते पनि जेनजी आन्दोलनपछि संसद् विघटन भयो । जसकारण उनले कार्यकाल पूरा गर्न पाइनन् । भगवती फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा छिन् भने गच्छदार भने गुमेको विरासत फर्काउने प्रयासमा छन् । अझ, आफूले पूरा कार्यकाल काम गर्न नपाएका कारण मतदाताको चहानाअनुसार विकास निर्माणका काम गर्न नपाएको बताउने उनी अब यसपछि निर्वाचित भएको अधुरो योजना पूरा गर्ने लक्ष्यमा छिन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी गच्छदारसँगै झिनो मतान्तरले पराजित भएकी थिइन् । यस क्षेत्रबाट २२ जनाले उम्मेदवारी दिए पनि गच्छदार र भगवतीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेकी चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् । सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ ।

चौधरीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन्, उनी । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् ।

उनले एमालेको महिला संगठन अखिल नेपाल महिला संघमा समेत लामो समय काम गरेकी छिन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् । सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् । २०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् ।

चौधरी २०७९ माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री बनेकी थिइन् । माओवादीले एमालेसँगको सत्ता सहकार्य त्यागेर कांग्रेससँग गठबन्धन गरेपछि उनले राजीनामा दिएकी थिइन् । त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी थिइन् ।

प्रकाशित समय: बुधबार ६ फाल्गुण, २०८२, ०९:००:५०

सम्बन्धित खबर

सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०