रेड फोर्स नेपालको केन्द्रीय चुनावी कमान्डरमा पवन सुनार, फागुन २१ को निर्वाचन लक्षित जिम्मेवारी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
९ महिनाअघि

धनगढी। नेपालमा जेनजी विद्रोहपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी निकट सङ्गठन ‘रेड फोर्स नेपाल’ले युवा नेता पवन सुनारलाई केन्द्रीय चुनाव परिचालन समितिको संयोजक (कमान्डर) को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। सङ्गठनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुनारलाई केन्द्रीय चुनावी कमान्डरमा मनोनीत गरेको हो।

‘रेड फोर्स नेपाल’को केन्द्रीय कमिटीले शनिबार गरेको निर्णयअनुसार यसअघि प्रदेश संयोजकको जिम्मेवारी सम्हालिसकेका सुनारलाई पदोन्नति गर्दै केन्द्रीय तहको चुनावी कमान्डको जिम्मेवारी दिइएको हो। सङ्गठनले निर्वाचनमा युवाशक्तिको प्रभावकारी परिचालनका लागि अनुभवी र सक्रिय नेतृत्व आवश्यक ठानेर यो निर्णय गरेको जनाएको छ।

Advertisement

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा बलियो सङ्गठनात्मक पकड बनाएका सुनार विद्यार्थी राजनीतिबाट उदाएका जुझारु युवा नेता हुन्। उनले सुदूरपश्चिमकै ठुलो शैक्षिक केन्द्र मानिने कैलाली बहुमुखी क्याम्पसको इकाइ कमिटीबाट साङ्गठनिक राजनीति सुरु गरेका थिए। त्यसपछि नगर कमिटी हुँदै कैलाली जिल्लाको नेतृत्व सम्हाल्दै उनी सङ्गठन निर्माणमा खारिँदै आएका छन्।

लामो समयदेखि विद्यार्थी आन्दोलन तथा युवाका हकहितका सवालमा सडक र सदन दुवै माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका सुनारलाई सङ्गठनभित्र प्रभावशाली युवा नेताका रूपमा लिइन्छ।

केन्द्रीय चुनावी कमान्डरको जिम्मेवारी सम्हाले लगत्तै सुनारले आफू देशैभरको चुनावी मोर्चा सम्हाल्न तयार रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा ‘रेड फोर्स नेपाल’को सञ्जाललाई आक्रामक र व्यवस्थित रूपमा परिचालन गर्ने रणनीति सार्वजनिक गरेका छन्।

“म १६५ निर्वाचन क्षेत्रको चुनावी कमान्डर हुँ। सिङ्गो देशको चुनावी कमान्ड सम्हाल्दै पार्टीलाई विजय गराउन कुनै कसर बाँकी राख्ने छैन,” उनले भने।

सुनारले आवश्यकता अनुसार नवयुवा, सक्षम तथा योग्य विद्यार्थीहरूलाई देशभरका निर्वाचन क्षेत्रमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाको जोस, जाँगर र सङ्गठनात्मक शक्तिलाई पार्टीको मुख्य आधार बनाएर आगामी निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१० घण्टाअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
१२ घण्टाअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०