‘जिउँदै गाड्नुपर्छ’ भन्ने टिप्पणीप्रति ओलीको आपत्ति, हिंसात्मक सोचप्रति दया लागेको प्रतिक्रिया

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
५ महिनाअघि

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई देशको सम्पत्ति भन्दै जिउँदै गाड्नुपर्ने आशयसहित लेखिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो हिंसात्मक सोच राख्नेहरूको बुद्धिप्रति आफूलाई दया लागेको बताएका छन्। नयाँ भनिएका राजनीतिक शक्तितर्फ लक्षित गर्दै उनले सामाजिक सञ्जालमा देखिएको अराजक र असभ्य अभिव्यक्तिको प्रसंग उठाएका हुन्।

उनले भने, ‘मैले एउटा स्टाटस हेरेको थिएँ— केपी ओली देशका लागि अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ, सम्पत्ति हुनुहुन्छ। त्यसैले उहाँलाई जतनसाथ माटोमुनि गाडिदिनुपर्छ।’

आफूलाई सम्मान गर्ने शैलीमा जिउँदै मार्ने धम्कीपूर्ण भाषा प्रयोग गरिएको उल्लेख गर्दै ओलीले त्यस्तो मानसिकता बोक्नेहरूबाट देश निर्माण हुन नसक्ने टिप्पणी गरे।

व्यंग्यात्मक शैलीमा उनले भने, ‘महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, देशको सम्पत्ति हुनुहुन्छ, त्यसैले जतनले राख्नुपर्छ, माटोमुनि गाडिदिनुपर्छ! मान्छे जिउँदै गाडिदिने कस्तो पवित्र भावना? कस्तो मति, कस्तो बुद्धि? के यस्तो राजनीतिक संस्कार बोकेकाहरूले देश बनाउँछन्?’

अध्यक्ष ओलीले राजनीतिमा विचार र तर्कको साटो हिंसात्मक अभिव्यक्ति र असहिष्णुता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। नयाँ पुस्ताका भनिएकाहरूमा देखिएको यस्तो कुरुप राजनीतिक चेतले समाजलाई सभ्य बनाउन नसक्ने उल्लेख गर्दै उनले एमाले मात्र सुसंस्कृत र सभ्य समाज निर्माणको बाटोमा रहेको दाबी गरे।

प्रकाशित समय: शनिवार ११ माघ, २०८२, १५:५०:२३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०