विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
७ महिनाअघि

काठमाडौं — विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका अग्रवाललाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। ओलीले अग्रवाललाई खादा र टीका लगाएर एमालेमा प्रवेश गराएका थिए।

अग्रवाल यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परिसकेका व्यक्ति हुन्। सीआईबीले उनलाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित कसुरमा पक्राउ गरेको थियो।

उनको गतिविधिबारे नेपाल धितोपत्र बोर्डले पनि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। करिब १० दिन हिरासतमा राखेर अनुसन्धान गरिएपछि अग्रवाल हाजिर जमानीमा रिहा भएका थिए।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने भ्रामक प्रचार गरी मूल्य बढाएर बिक्री गर्ने गर्दै आएको आरोप छ। उनी आफूले सेयर खरिद गरिसकेपछि सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई सेयर किन्न उक्साउने, निश्चित मूल्यसम्म पुर्‍याइदिने भन्दै झुटा आश्वासन दिने गर्थे।

लगानीकर्ताले सेयर खरिद गर्न थालेपछि भने अग्रवालले आफ्ना सेयर बिक्री गर्ने गरेको पाइएको थियो। सोही विषयमा उजुरी परेपछि धितोपत्र बोर्डले अध्ययन गर्दा उनले झुटा कारोबार गरेको निष्कर्ष निकालेको थियो।

सेयर बजारमा झुटा कारोबार, भ्रामक सूचना फैलाएर मूल्य बढाउने तथा सामाजिक सञ्जालको दुरुपयोग गरेको विषयमा अनलाइनखबरले निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो।

यस्तै, अग्रवालले अन्य व्यक्तिका कारोबार खाता आफैं सञ्चालन गर्ने, धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने रकमका विषयमा विवाद सिर्जना गर्दै भुक्तानी नगर्ने गरेको आरोप पनि छ। एक कारोबार खाताको रकम अर्को व्यक्तिको खातामा ट्रान्सफर गर्ने काम गरेपछि समेत धितोपत्र बोर्डमा उजुरी परेको थियो।

प्रकाशित समय: शनिवार ११ माघ, २०८२, १५:३३:४१
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०