काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका विभिन्न निर्वाचन क्षेत्रबाट १६ जना महिला उम्मेदवार मैदानमा उतारेको छ।
रास्वपाले कोशीदेखि सुदूरपश्चिमसम्मका जिल्लाबाट महिला उम्मेदवार अघि सारेको हो। पार्टीका अनुसार महिला सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकता दिँदै उम्मेदवार चयन गरिएको जनाएको छ। कुन प्रदेश र निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व छ त त्यो सूची हेरौं ।
कोशी प्रदेश अन्तर्गत
झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा रानामगर, मोरङ–५ बाट आशा झा, मोरङ–६ बाट रुबिना आचार्य तथा सुनसरी–१ बाट गोमा तामाङ ( सरिन ) उम्मेदवार छन्।
बागमती प्रदेशमा
धादिङ–१ बाट आशिका तामाङ, काठमाडौँ–२ बाट रञ्जु दर्शना, ललितपुर–३ बाट डा. तोसिमा कार्की र चितवन–३ बाट सोविता गौतम चुनावी प्रतिस्पर्धामा छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्की–३ बाट बिना गुरुङ उम्मेदवार बनेकी छन्।
कर्णाली प्रदेशमा
हुम्लाबाट टासी ल्हामो र जुम्लाबाट बिनिता कठायत उम्मेदवार छन्।
मधेश प्रदेश अन्तर्गत
सप्तरी–१ बाट पुष्पा चौधरी, महोत्तरी–४ बाट गौरिकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्की उम्मेदवार छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली–१ बाट कोमल झवाली उम्मेदवार बनेकी छन्।
रास्वपाले महिला नेतृत्वलाई अगाडि बढाउने उद्देश्यसहित यस निर्वाचनमा उल्लेख्य संख्यामा महिला उम्मेदवार उतारेको बताएको छ