कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१० महिनाअघि

नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो ।  गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, उपसभापति र महामन्त्रीहरू बसेर कार्यसम्पादन निर्देशिकालाई अन्तिम रूप दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘अस्ति बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न तहका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पास गरेको थियो । त्यसलाई परिमार्जनसहित पास गर्ने भनिएको थियो,’ पौडेलले भने, ‘निर्देशिकाबारेमा गहन छलफल गरेर सभापति, उपसभापति र महामन्त्रीहरू सबैको सुझाव समेटेर निर्देशका तयार भयो ।’

कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्न गठन गरिएका निर्देशक समितिहरूका लागि कार्यदेश (टीओआर) पनि तयार गरेको छ । कांग्रेसका विभिन्न सातवटा भ्रातृ संगठनहरूले अधिवेशन गर्न बाँकी छ । केन्द्रीय कार्यसमिति बैठकले बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने जिम्मा निर्देशक समितिहरूलाई दिएको छ । ‘अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन निर्देशक समितिले गर्ने, निर्देशक समितिलाई पार्टीले टीओआर दिने भन्ने थियो,’ मुख्य सचिव पौडेलले भने, ‘त्यो टीओआर पनि आज तयार भयो । यिनै दुईवटा विषयमा छलफल भएको हो ।’

बूढानीलकण्ठ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थिए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषयमा पनि छलफल हुने चर्चा चलेको थियो । तर, मुख्य सचिव पौडेलले बैठकमा यसबारे कुनै छलफल नभएको बताए । ‘रामहरिजी नाम पनि उच्चरण भएन आजको बैठकमा,’ उनले भने ।

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, १६:१४:३७
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०