बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासल अन्तरक्रियापछि शनिबार नै प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठनलाई पार्टीका नीति र निर्णयअनुरुप परिचालन हुन निर्देशन दिँदै यस्तो बताएका हुन्। जनसंगठन समन्वय संयन्त्रले शनिबार बालुवाटारमा गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रुपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ।’ बालुवाटार पुगेका एक जनसंगठनका नेताका अनुसार बैठकमा पार्टी नीति र निर्णयविपरीत जाने नेतालाई पाठ सिकाउने चेतावनीसमेत दिएका छन्। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लाग्ने नेतालाई एमालेले धमाधम कारबाही र जिम्मेवारीविहीन बनाउन थालेको छ। अहिले जनसंगठनबाट कारबाही अभियान चलाइएको छ। युवा संघ हुँदै अब खेलकुद महासंघले पनि ओलीविरूद्ध बोल्नेलाई कारबाही चलाएको छ। बालुवाटार बैठकले नेतृत्वविरूद्ध बोल्ने एमालेकै नेताहरूलाई पनि कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको बालुवाटार पुगेका एक नेताले बताए।

‘पार्टी पद्धति नमानी सामाजिक सञ्जाल र सार्वजनिक रूपमा हो–हल्ला गर्दै हिँड्नेविरूद्ध कठोर हुने कुरा भएको छ’, उनले भने, ‘बैठकमा कोही व्यक्तिलक्षित कुरा नभए पनि नेतृत्वविरूद्ध उत्रिनेलाई कारबाही गर्न हिच्किचाउनु नहुने निष्कर्ष निकालेको छ।’ एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले एकताबद्ध र सुदृढ पार्टी बनाउनका लागि पार्टीको विधान, विधि र अनुशासन अनुरुप सबै नेता–कार्यकर्ता र संगठन चल्नुपर्नेमा जोड दिए। बैठकमा जनसंगठनका अध्यक्ष र महासचिवले व्यक्तिको पछि नलाग्न पनि भनेका छन्। पार्टीको नीतिअनुसार सबै सदस्यलाई परिचालित गर्ने उनीहरूको योजना छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाल श्रेष्ठलाई पार्टीको नेतृत्व गर्न नदिँदा कुरा बिग्रेको सम्झना गरे। पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको उनको तर्क थियो। ‘‘२०१० सालको पहिलो महाधिवेशनमा होइन, भित्रीरुपमा पुष्पलाललाई महासचिवमा २००८ सालमै हराइयो। त्यसबेला मनमोहनजी महासचिव हुनुभयो’, उनले भने, ‘त्यो उतारचढावले कम्युनिस्ट आन्दोलन ठीक ढङ्‍गले अगाडि बढ्न सकेन। तर पनि आन्दोलन आफ्नो अस्तित्वमा सशक्त रुपमा थियो।’

एमाले निर्माणमा कयौं नेताले गरेको ठोस योगदानको प्रधानमन्त्रीसमेत रहेका ओलीले स्मरण गरे। ‘विभिन्न नेताले योगदान गर्नुभएको छ, तुल्सीलाल टाढैबाट देखिने व्यक्तित्व, आफ्नै प्रकारको योगदान भएको व्यक्तिका रुपमा योगदान थियो, त्यसैले उहाँलाई स्मरण गरिरहेका छौँ, सम्मान गरिरहेका छौँ’, ओलीले भने।ओलीले पुष्पलालले संयुक्त जनआन्दोलनको नीति लिएको बताए। त्यो नीति २०४६ सालमा आइपुग्दा मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले कार्यान्वयन गर्‍यो, त्यही विघटित संसद् पुनर्स्थापनाको कुरा पुष्पलाल, तुलसीलालले राख्नु भएको थियो। संविधान सभाको कुरा २०१४ सालमा राख्नु भएको थियो, यो कुरा २०७२ सालमा पूरा भयो’, ओलीले भने।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, ०९:१९:५४
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०