माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ साउन, २०८२
११ महिनाअघि

एजेन्सी । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२ मा दुई हजार ५२४ केजी माछा बिक्रीबाट ६ लाख १७ हजार २१६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आव २०८०–८१ मा दुई हजार ५१८ केजी माछा उत्पादन गरेर ६ लाख १७ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

Advertisement

आव २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको कार्यालय प्रमुख मनिता पौडेलले जानकारी दिइन् ।

इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यालयले आव २०८१–८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ ।

त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताइन् ।

कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्त्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुका साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्ट रूपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ ।

माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरेको छ । चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो ।

यसैगरी सिन्धुलीको मरिण ४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना कृषकलाई मत्स्यपालनसम्बन्धी सैद्धान्तिक विषयवस्तुका विषयमा जानकारी दिँदै कृषकको पोखरी अवलोकन तथा अनुगमन गरी पोखरीको पानीको गुणस्तर मापन समेत गरिएको प्रमुख पौडेलले बताइन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०