कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
९ महिनाअघि

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारीकरणसँगै भ्रष्टीकरणतर्फ लगिएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै थापाले संघीयता, धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको बताए । यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौँ युवालाई विदेश पलायन हुन बाध्य पारेको, हरेक क्षेत्रमा सीमित दल र नेताको सिन्डिकेट लगाएको उनले बताए । धर्म परिवर्तनको डढेलोले धार्मिक सद्भाव विगारेकोसमेत आरोप उनले लगाए । यी घटनाक्रमले यो ब्यवस्थाबाट जनता वाक्क दिक्क भएको थापाले बताए ।

काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रति तीव्र वितृष्णा रहेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको टिप्पणी गरे । हरेकजसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड भइरहेको, बहालवाला मन्त्रीहरू नै हरेक काण्डमा संलग्न हुनुले यो व्यवस्थाले देश र जनताको हित हुन नसक्ने थापाको टिप्पणी थियो । संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पुर्‍याउनमात्रै भूमिका खेलेको, सत्ता र कुर्सीको फोहरी खेलमा प्रदेश रुमलिएको, राजनीतिलाई स्वार्थकेन्द्रित बनाउँदै व्यापारीकरणतर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाले बताए । राप्रपा नेपालले कांग्रेस र कम्युनिस्टको विरोधमात्रै नगरी वैचारिक विकल्प दिइरहेको थापाको टिप्पणी थियो । विस्तारित बैठकले क्षेत्रीयस्तरमा उपत्यकाब्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १६:३१:५८

सम्बन्धित खबर

आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०