प्रधानमन्त्री ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ साउन, २०८२
१ वर्षअघि

प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको निष्कर्ष निकालेको छ । साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख गरेका छन् ।

एमालेले पछिल्लो समय पार्टी र यसको नेतृत्वमाथि चौतर्फी घेराबन्दी र कुप्रचार भइरहेको दाबी गरेको हो । साउन ५ देखि ७ गतेसम्म सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा यस्तो निष्कर्ष निकालिएको छ । ओलीले चारथरीका शक्तिहरूले पार्टीमाथि हमला गरिरहेको निचोड निकालेका छन् । उनले ती आरोप र आक्रमणलाई लिएर भ्रममा नपरी सशक्त प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई आह्वान गरेका छन्।

एमालेविरुद्धका चार शक्ति

१. देशभक्त अडान मन नपर्ने शक्ति — जसले नेपालमा आफ्ना स्वार्थका लागि देशभक्त नेतृत्वलाई कमजोर बनाउन खोजिरहेको एमालेको आरोप छ।

२. राजसंस्थाको पुनर्स्थापनाको सपना देख्ने प्रतिगामी शक्ति — जुन एमालेकै कारण आफ्नो चाहना पूरा नभएको ठान्दै कु-प्रचारमा लागेको भनिएको छ।

३. वाम आन्दोलनको प्रतिस्पर्धी राजनीतिक दलहरू — जसले एमालेकै कारण आफ्नो सत्ता समीकरण विफल भएको महसुस गर्दै छद्म रूपमा हमला गरिरहेको दाबी गरिएको छ। एमालेले यसमा माओवादी केन्द्रतर्फ इंगित गरेको छ।

४. नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका समूह — जसले लोकप्रियतावाद र अराजकतावादलाई अँगाल्दै एमालेविरुद्ध कु-प्रचार गरिरहेको ओलीले उल्लेख गरेका छन् ।

विवाद

दुई कार्यकाल र ७० वर्षे उमेरहदको बहस सुनियोजित रूपमा पार्टी नेतृत्वलाई आक्रमण गर्ने योजनासहित उछालिएको एमालेको ठहर छ।

पार्टी विधान छपाइमा भएको सामान्य कमजोरीलाई आधार बनाई ‘विधान हेराफेरी’को भ्रम सिर्जना गरिएको भन्दै ओलीले आपत्ति जनाएका छन्।

चितवनको दशौँ महाधिवेशनपछि कम्तीमा पनि तीन किसिमका विधान छापिएको दाबी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्दै आएका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा सुरू भएको विवादले पार्टी एकतालाई क्षति पुर्‍याउने खतराको संकेत देखिएको ओलीको तर्क छ । त्यस विषयमा थप विवाद नगर्न पनि उनले आग्रह गरेका छन् ।

‘पार्टी र नेतृत्वलाई कमजोर बनाउने षड्यन्त्र अहिले उत्कर्षमा छ। यस्ता शक्तिहरूको नियोजित हमला र भ्रमपूर्ण कुप्रचारविरुद्ध सिंगो पार्टीपंक्ति एकताबद्ध भएर उभिनुपर्छ’, उनले भनेका छन् ।

ओलीले गलत प्रवृत्तिको प्रतिवाद गर्दै ‘मिसन ८४’ (२०८४ सालको निर्वाचन) का लागि अनुकूल वातावरण तयार पार्नुपर्ने बताएका छन्। पार्टीभित्रको असन्तोष, नेताहरूको भ्रमपूर्ण धारणा र नेतृत्वमाथिको योजनाबद्ध हमलाबाट सचेत रहन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकाशित समय: मङ्गलबार १४ साउन, २०८२, १८:३४:१३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०