विप्लवको समाजवादी मोर्चा विघटन गर्ने प्रस्तावले झस्किए माधव-प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव गरेका छन् ।
गत साता काठमाडौं आएपछि कम्युनिष्ट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेटघाट तीव्र बनाएका महासचिव विप्लवले यस्तो प्रस्ताव गरेका हुन् ।
विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । यी दुवै भेटमा उनले नेताहरूले मोर्चालाई समाजवादका लागि प्रयोग गर्न भन्दा पनि शक्ति आर्जनका लागि प्रयोग गरेको भन्दै विघटनको प्रस्ताव गरेका हुन् ।
‘हामीले समाजवादी पार्टीहरू मिलेर एउटा अभियानमा काम गरौं भनेका थियौं,’ विप्लवको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘तर प्रचण्डजीले मोर्चालाई आफ्नै शक्ति आर्जनका लागि प्रयोग गर्नुभयो, यस्तो मोर्चा राखिराख्न भन्दा विघटन गरेकै ठीक छ ।’

विप्लव अहिले समाजवादी मोर्चाका संयोजक छन् । नेकपाका प्रवक्ता प्रकाण्डले पनि समाजवादी मोर्चामो औचित्यमाथि प्रश्न उठेको बताए । ‘समाजवादी मोर्चाले अहिलेसम्म मुलभूत विषयमा राम्रो काम गर्‍यो । तर, अहिलेको सन्दर्भका जे विषय छन्, जे घटनाक्रम विकसित भएका छन्, त्यसलाई सुट गर्नेगरी काम हुन नसकेको पक्कै हो,’ नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘यसलाई व्यापक बनाउनेगरी लाग्नुपर्छ भन्ने अहिलेको प्रश्न थियो । यसैमा हामीले छलफल गर्न खोजेको ती विषयहरूको औचित्य कमजोर भयो ।’

Advertisement

मोर्चा गठन गर्दा यी दलहरुले मोर्चा हुँदै पार्टी एकीकरणसम्म जान सकिने गरि तयारी गरेका थिए । तर पछिल्लो समय माओवादीसँग पार्टी एकताको संभावना नरहेको निष्कर्ष नेकपाले निकालेको थियो । त्यसपछि माओवादीका अध्यक्षसँग नेकपाका अध्यक्ष विप्लवले दूरी कायम गरेका थिए । गत साउन ६ गते काठमाडौंमा नेकपाका अध्यक्ष विप्लवसहित माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एउटा कार्यक्रम गरेर अहिलेका बाम पार्टीहरूका नेतृत्वको आलोचना गरेका थिए । ७ गते कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा भएको कार्यक्रममा पनि विप्लवले माओवादी केन्द्रको भूमिकाका कारण नै कम्युनिष्ट आन्दोलन अघि बढ्न नसकेको बताएका थिए ।

त्यसपछि विप्लवले माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, एमालेका महासचिव शंकर पोखरेल, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका थिए । आफैंले नेतृत्व गरेको समाजवादी मोर्चाको अस्तित्वमाथि नै विप्लवले प्रश्न उठाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने झस्किएका छन् । यसै विषयमा छलफल गर्न आइतबार र सोमबार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूले मोर्चालाई बलियो बनाएर लैजाने र मोर्चका कार्यक्रम प्रदेशतहसम्म सक्रिय बनाउने समझदारी गरेको प्रचण्ड निकट स्रोतले  बतायो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१० घण्टाअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
१२ घण्टाअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
१ दिनअघि
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०