बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
९ महिनाअघि

प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा ‘साहित्यकार र राजनीतिक व्यक्तित्वका रुपमा बीपी कोइराला’ लाई स्मरण गरेका छन् ।

ओलीले वक्तव्यका क्रममा उल्लेख गरेका धेरै विषय वर्तमान राजनीतिक उतारचढावसँग मिलेको देखिन्छ । ओलीले इतिहासको उदाहरण दिँदै जे गर्न हुँदैन भनेका छन् । उनको राजनीतिमा सोही कुरा दोहोरिएको देखिन्छ । राजनीतिक परिवर्तनको दौडमा, राजनीतिक झण्डा बोक्ने दौडमा बीपी कोइरालाको खुट्टा दायाँ बायाँ भएको देखिएन र अझ झण्डामाथि उठाउँदै अघि बढेको देखियो भन्ने प्रसङ्ग ओलीले उल्लेख गरेका छन् ।

ओलीले भने – ‘एकछिनको स्वार्थका लागि कहिले कोसँग मिल्न पुग्ने, कहिले कोसँग मिल्न पुग्ने, एकछिन कोसँग मिलेर क्षणिक स्वार्थ पूरा गर्न खोज्नेको राजनीतिक दीर्घ जीवन हुँदैन ।’ तर सोही कुरा ओलीको राजनीतिक जीवनमा देखिन्छ ।

उनले अर्को प्रसङ्गमा भनेका छन्, राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन । राजनीतिमा पूर्वाग्रह र प्रतिशोध रहने उनले सङ्केत गरेका छन् । ओलीमाथि पनि हाल यही आरोप लाग्दै आएको छ ।

के भने ओलीले उनको वक्तव्यको सार यहाँ हेरौं ।

इतिहासमा टाढैबाट देखिने पात्र एउटा उचाई भएको पात्र एउटा बेग्लै आयामबाट साहित्यका अनेक पाटाहरु विधाहरु मध्ये एउटा बेग्लै आयामबाट साहित्य सिर्जना गर्ने बीपी कोइराला ।

थुप्रैले राजनीति गर्नुभएको छ । थुप्रैले काम गर्नु भएको छ । उहाँभन्दा जेठा राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । ज्यान दिन अप्ठ्यारो नमान्ने सुर्‍याइँका लागि सुप्रसिद्ध गणेशमानजी जस्ता व्यक्तित्व पनि हुनुहुन्थ्यो । ९५ सालमै पार्टी सदस्य भएर आन्दोलनमा होमिएका काजीको सन्तान भएकाले मृत्युदण्ड नपाएर सर्वोश्वसहित जन्मकैद पाएर कालकोठरीमा हालिएका । राणाको डण्डाले हान्दा डण्डा भाँचियो, शासन गयो भनेर ।

डण्डा खाको पीर त छैन । दु:खाइ, सुखाइ छोडेर राणाको शासन सकियो, डण्डा भाँचियो भनेर खुसी प्रकट गर्ने, राणालाई त्यसरी जवाफ दिने खाल्का मान्छेहरु पनि थिए । यसमा पूष्पलाल जस्ता व्यक्तित्वहरु थिए । अन्य थिए । खुद बीपीका दाजु २००७ सालको आन्दोलनमा बहिर्गनिया सम्मेलनले बनाएका कमाण्डर नै छँदै थिए । पार्टीका तत्कालीन सभापति नै छँदै थिए ।

तर यी सबै व्यक्तित्वहरुको बीचमा राजनीतिक परिवर्तनको दौडमा, राजनीतिक झण्डा बोक्ने दौडमा बीपी कोइरालाको खुट्टा दायाँ बायाँ भएको देखिएन र अझ झण्डामाथि उठाउँदै अघि बढेको देखियो ।

एकछिनको स्वार्थका लागि कहिले कोसँग मिल्न पुग्ने, कहिले कोसँग मिल्न पुग्ने, एकछिन कोसँग मिलेर क्षणिक स्वार्थ पूरा गर्न खोज्नेको राजनीतिक दीर्घ जीवन हुँदैन । राजनीतिक दीर्घ जीवनका लागि या त चपरीमुनिको बास या त … भन्थे नि उहिले । चपरीमुनिको बासका लागि तयार नभईकन राजनीतिक लडाइँ …

अब त के छ र डेमोक्रेसी आइसकेपछि त राजनीतिक लडाइँ नै आवश्यक्ता छैन नि यहाँ त । खाली सुधारका निम्ति र सुधारको सुझावका निम्ति ।

कसैमा इर्ष्या हुन्छ भने, कसैमा कुण्ठा हुन्छ भने त्यो कुरा बेग्लै हो । तर अबको लडाइँ भनेको कुनै लडाइँ होइन यहाँ ।

हुन त दिनैपिच्छे आफूलाई केही चित्त बुझेन भने अधिनायकवाद भो भन्छन् । अधिनायकवाद कस्तो हुन्छ, अधिनायवादी शासनमा गिरफ्तारी भएर पिटाइ कस्तो खाइन्छ त्यो त हामी खाएकाहरुलाई थाहा छ । कालकोठरी कस्तो हुन्छ, गोलघर कस्तो हुन्छ त्यो बसेकालाई थाहा हुन्छ । नेल हत्कडी लगाएर हात खुट्टाहरु सुनिएर पाकेर खिया लागेको फलामले घोटेर घाउ बनाएर नली खुट्टाहरु पीपले भरिएर कसरी मान्छे बाँच्छ होला, कसरी मान्छे सुत्छ होला, कसरी मान्छे निदाउँछ होला त्यो आफ्ना ठाउँमा छन् ।

आज के छ र ? आज सजिलो छ- डेमोक्रेसी आएको छ ।

म हाम्रो अघिल्लो पुस्तालाई धेरैधेरै धन्यवाद भन्न चाहान्छु, कृतज्ञता जाहेर गर्न चाहान्छु । जसले हामी सबैलाई सङ्‍घर्षका निम्ति बाटो देखाउनु भयो । त्यो पुस्ताको हुनुहुन्थ्यो बीपी कोइराला । उहाँ नेपालमा मात्र होइन, भारतमा ‘भारत छोडो मुभमेन्ट’ मा पर्नु भएको थियो । भारतीय जेलमा थुप्रै नेताहरु परेका थिए । बीपी कोइराला, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायतका नेताहरु ।

भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा नेपालले सेल्टर दिएर लुकाएर पनि काम गरेका थिए । जयप्रकाश नारायणजी नेपालमा भूमिगत पनि बस्नु भएको थियो । राजविराज जेलमा पनि बस्नु भएको थियो । यसै कारण नेपालका समाजवादीहरुको भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।

पहिले २००३ सालसम्म नेपालको राजनीति विभक्त थिएन । जम्माजम्मी शासन विरोधि थियो । शासन विरोधि थियो । २००७ सालपछि बिस्तारै विभक्त हुँदै आयो । एकातिर नेपाली कांग्रेसको अभ्युदयको बाटो समात्यो । अर्कातिर कम्युनिस्ट शासनको बाटो समात्यो । दुईवटा पार्टी निर्माणको बाटो २००३ साल बाट समातियो ।

नेपालको राजनीति कम्युनिस्ट र कांग्रेसमा विभक्त भएको २००३ सालबाट हो । तर यो सम्बन्ध फेरि सँगै काम गर्ने देखि लिएर वलिदान दिँदा पनि सँगै दिनुपर्‍या छ । २०२९ सालमा पाँच जना झापामा मारिए जेलबाट निकालेर । २०३१ सालमा चार जना मारिए नख्खु जेलबाट निकालिएर । उस्तै हो। एक समय एउटालाई मार्छ । अर्को समय एउटालाई मार्छ ।

एक समय एकथरी पक्राउ पर्छ, अर्को समय अर्को थरी पक्राउ पर्छ । त्यस परिस्थितिका विरुद्ध बीपी कोइराला मियोको रुपमा प्रेरणाको स्रोतका रुपमा एउटा अभिभावकीय जस्तो भूमिकामा हुनुहुन्थ्यो । यसर्थ उहाँ जस्तो राजनीतिज्ञ, उहाँ जस्तो साहित्यकार …

उहाँका विभिन्न पाटाहरु छन् । उहाँ एउटा निर्वासित व्यक्तित्व पनि हो । उहाँ देशको प्रधानमन्त्री पनि हो । उहाँ नेपाली कांग्रेसको सभापति पनि हो । उहाँ एउटा कैदी बन्दी पनि हो । एउटा मुद्दा बेहोरिरहेको अभियुक्त पनि हो । राणा शासनका बेला पनि जेल पर्नु भो । महेन्द्र शासनका बेला पनि जेल पर्नु भो ।

राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध … ।

अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरु माथि प्रतिबन्ध नभए पनि … प्रतिबन्ध त लागेकै थियो नेताहरुलाई घरघरमा जेलमा थुन्ने । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुसीले अह्राएका मान्छे लगाएर मुद्दा लगाउने फसाउने ती काम त शाही छानबिन आयोग कि के भनेर … ।

अब ज्ञानेन्द्र शाह भ्रष्टचार विरोधि देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो । योभन्दा ड्रामा अर्को के हुन्छ ? यो ड्रामालाई के नाम दिने ? यस्ता ड्रामाहरुसँग अस्तिसम्म पनि हामीले लड्न परेकै हो ।

जे होस् बीपी कोइरालाका धेरै आयामहरु छन् ।

मेरो स्वभाव के छ भने – राजनीति त एक ठाउँ बसेर गरिन्छ । मैले अनेक ठाउँमा बसेर त गर्न सक्दिनँ । एक ठाउँ बसेर गर्नुपर्छ । एउटा पार्टीमा बसेर गर्नुपर्छ राजनीति । दश ओटा पार्टीमा बसेर गर्न सकिँदैन । गैरसरकारी संस्था होइन, राजनीतिक पार्टी भन्या । यसको पनि सदस्य, उसको पनि सदस्य हुने, त्यो मिल्दैन । एक ठाउँ बसेर गर्नुपर्छ । म एउटा पार्टीमा छु । एउटा पार्टीको कार्यकर्ता हुँ । तर मैले योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नुहुँदैन भन्ने मेरो विश्वास छ ।

त्यसै कारणले मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनु भएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । विभिन्न हिसाबले उहाँलाई शहीद मान्ने कुरा क्याप्टेन यज्ञबहादुर थापा, भीमलाल श्रेष्ठहरुलाई शहीद मान्ने कुरा भएको थिएन । त्यस दिन मैले २२ जनाको नाम घोषणा गरेको थिएँ । त्यसमा कुनै भेदभाव थिएन । शहीद तेरो र मेरो हुन सक्दैन ।

बाँचिन्जेल नेता तेरो र मेरो हुन सक्ला । बीपी कोइराला नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । अब नेपालको नेता हो । पूष्पलाल अब नेकपाको नेता होइन । बाँचिञ्जेल नेकपाको नेता हुनुहुन्थ्यो अब देशको नेता हो । गणेशमान मेरो नेता कसरी हुँदैन । बीपी पुष्पलाल मेरा साथी होइनन् । मैले पुष्लाललाई म कामरेड पुष्पलाल भन्दिनँ । कामरेडको अर्थ हो साथी । मैलेसँगै काम गरेको भए पो कामरेड भन्ने । पुष्पलाल मेरो नेता हो ।

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १६:०३:०१

सम्बन्धित खबर

कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा

सोमबार १४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

सोमबार १४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय

सोमबार १४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

सोमबार १४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार १४ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
६ घण्टाअघि
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०