राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
११ महिनाअघि

राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्
बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएको अवस्थामा सरकारले आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद घनश्याम रिजालले सरकारले सुशासनको कुरा गरे पनि अनधिकृत रुपमा स्वकीय सचिव नियुक्ति गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरूले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।सांसद कृष्णबहादुर रोकायाले रुकुम–पश्चिमममा पुरानो चौरजारी विमानस्थलमा हवाई उडान बन्द भएको छ वर्षसम्म पनि नखुलेको हुनाले तत्काल उक्त विमानस्थल सञ्चालनमा ल्याएर हवाई उडान सुरु गर्न माग गरे ।
सांसद पदमबहादुर परियारले रोजगारका लागि कुवेत गएकी सङ्गीता थापाले रोजगारदाताले मानसिक र शारीरिक तनाव दिने गरेको सामाजिक सञ्जालमार्फत फेसबुकमा लेखिरहेको देखिएकाले तत्काल उद्धारका लागि सरकारसँग माग गरे ।
सांसद रुक्मणि कोइरालाले विसं २०११ नेपाल–भारतबीच कोशी सम्झौता गर्दा कोशी बाँध र पुल निर्माण गर्दा लगभग ३५ हजार बिघा जमिन अतिक्रमण गरिएको र सम्झौतामा भारतले क्षतिपूर्ति दिने भए तापनि अहिलेसम्म नपाएकाले त्यो क्षेत्रको जनताको समस्या परिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद रेणु चन्दले बैतडीको पुर्चाैनी नगरपालिकामा श्रीभारवर सडकको अहिलेसम्म स्तरोन्नति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गरिन् । सांसद विष्णुकुमारी सापकोटाले यातायात व्यवस्था कार्यालय र विभाग अव्यवस्थित हुँदै गएको देखिएकाले नागरिकको विश्वास जित्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्  ।
सांसद विष्णुबहादुर विश्वकर्माले सुर्खेतको पञ्चपुरी निवासी हाल मुम्बईमा बस्दै आएका कँडेल परिवारको छोरीहरू १७ वर्षीय मेकुका र १५ वर्षीय सिर्जना कँडेल तीन साताअघि हराएकामा भक्तपुरको बोडेमा शव फेला परेकाले तिनीहरूको अपहरण गरी हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरे । सांसद श्रीकृष्ण अधिकारीले सरकारले सुशासनको कुरा गरिरहेको भए पनि निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने विषयमा तत्काल छानबिन गर्न माग गरे ।

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १५:१५:०८
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०