बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आइतबार बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो बराहजयन्ती कार्यक्रममा उनले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय बाढी तथा कटानको उच्च जोखिममा परेको बराहक्षेत्रमा तटबन्ध निर्माणका साथै अन्य सुरक्षाका उपाय अघि बढाइने उनले विश्वास व्यक्त गरे ।

बराहक्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत सड़क, पदमार्ग र सूर्यकुण्डसम्म पहुँचमार्ग स्तरोन्नतिका लागि प्रदेश सरकारले सरोकार भएकासँग समन्वय र सहयोग गर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई सुदृढ गर्दै धार्मिक पूर्वाधार विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उनले धारणा राखे ।

कोकाहा खोलाको पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी धार्मिक प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले त्यसका लागि आवश्यक योजना अघि सारिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

उनले भने, ‘वर्तमान सतही ढाँचाबाट हटेर सम्मानजनक र सुरक्षित ढङ्गले प्रशोधन गरी प्रयोग प्रणालीमा ल्याउने र जल प्रशोधन संयन्त्र स्थापनाका लागि प्राविधिक पहल सुरु गरिने छ ।’

उपचारित तथा स्वच्छ पानीलाई धार्मिक अनुष्ठान, पूजाआजा, आरती र मन्दिर परिसरमा पवित्र उद्देश्यका लागि प्रयोग गर्न प्रोत्साहित गरिने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले बराहक्षेत्र आउने श्रद्धालु र पर्यटकलाई विश्वसनीय, सुरक्षित र शुद्ध पानीको व्यवस्था गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे  ।

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १३:२०:३०
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०