कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३ सालको मंसिरअघि सम्भव नभएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको बिटमा समाचार लेख्ने पत्रकारसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिलाई एक वर्ष कार्यकाल सुविधा लम्ब्याउने अधिकार रहेको बताए ।

‘नेपाली कांग्रेसको महाधिवेशन यसअघि पनि हरेक पाँच वर्षमा भएको छ । चार वर्षे कार्यकालमा एक वर्ष थपिन्छ । आगामी २०८२ मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ’, उनले भने, ‘अहिले देखिएको क्रियाशील सदस्यता विवाद नै आगामी असोजमा टुंग्याउने भनिएको छ । त्यसैले यही मंसिरमा महाधिवेशन हुँदैन । महाधिवेशनमा २०८३ साल दशैँ आसपास हुन्छ, ढिलोमा मंसिरसम्म पुग्छ ।’

उनले आगामी महाधिवेशनमा मिलेर जानुपर्ने कोसिस भइरहेको बताए । त्यसकै लागि चाक्सीबारीमा जुटेर नेताहरूले छलफल गरेको उनले बताए ।
‘यस्तो भेटघाट भइरहन्छ । हामी बसिरहन्छौँ । अस्ति पनि चाक्सीबारीमा सातजना बसेका थियौँ’, उनले भने, ‘हिजो महाधिवेशनमा सघाएका साथीहरूलाई सभापति शेरबहादुर देउवाले साथमा लिनु उहाँको कुरा हो । तर आजका दिनमा उहाँले सबैलाई मिलाएर लैजान सक्नुपर्छ ।’

उनले पन्ध्रौँ महाधिवेशनमा के गर्ने भन्ने अहिले नै छलफलको विषय नभएको बताए । ‘भविष्यमा हामी के गर्छौँ भन्न सकिँदैन’, उनले भने, ‘महाधिवेशनको मिति नै नतोकिएको अवस्थामा अहिले नै यसो गर्छौँ भन्नु हतार हुन्छ।’

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १२:३९:२६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०