योग दिवसको अवसरमा योग खेलकुद प्रतियोगिता : सुन्दर र चाँदनी बने मिस्टर र मिस योगी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ असार, २०८२
१० महिनाअघि

विराटनगर । विराटनगरमा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय योग खेलकुद प्रतियोगितामा सुन्दर सार्की र चाँदनी परियारले मिस्टर योगी र मिस योगीको उपाधि जितेका छन् ।

विराटनगरको होटल मनास्लु इनमा शनिबार आयोजित उक्त प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट तीन प्रतिस्पर्धीलाई उछिन्दै सुन्दर मिस्टर योगी घोषित् भएका हुन् ।

प्रतियोगिताको महिलातर्फ सर्वोत्कृष्ट ठहरिँदै चाँदनीले मिस योगीको ट्रफी उचाले ।

पण्डित घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका ५१ प्रतियोगी सहभागी भएका थिए ।

तीन उमेर समूहमा विभाजन गरेर आयोजना गरिएको प्रतियोगितामा ९ देखि १९ वर्षसम्मको उमेर समूहमा महिलातर्फ स्वेच्छा थापाले स्वर्ण जितिन् भने अनुशा बिक र सन्ध्या बिकले रजत र काँस्य जितिन् ।

पुरुषतर्फ किरण मगर प्रथम बन्दै ‘गोल्ड’ जित्दा जय चौधरीले रजत तथा सूर्य राईले काँस्य हात पारे ।

यसैगरी, २० देखि ३५ वर्षसम्मको उमेर समूहमा महिलातर्फ चाँदनी परियारले बाजी मारिन् भने फुरफुटी शेपा र पवित्रा आले मगरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन् । पुरुषतर्फ सुन्दर सार्कीले गोल्ड जित्दा सुदीपकुमार खतिवडा द्वितीय र प्रितम रजक तृतीय बने ।

३५ वर्षमाथिको उमेर समूहमा भावना घिमिरेले स्वर्ण पदक जित्दा सारदा दाहाल दोस्रो र श्रृजना पौडेल तेस्रो बनिन् । पुरुषतर्फ बलराम ढुंगाना प्रथम बन्दा सुजितकुमार मण्डल र रवीन्द्र मेहता दोस्रो अनि तेस्रो बने ।

उनीहरूलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, कोशी प्रदेशसभा सदस्यद्वय भीम पराजुली र जयप्रकाश चौधरी तथा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले पुरस्कृत गरेका थिए ।

प्रतियागितामा प्रथमलाई ७ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग खेलकुद प्रतियोगितालाई वार्षिक तालिकामा राखेर आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

साथै, उनले शिक्षा नीतिमा प्रदेशभरिका सबै विद्यालयहरूमा योग शिक्षालाई अनिवार्य बनाउनेगरी समावेश गरिने बताए ।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक डा. संग्राम पुरीलगायत प्रतियोगिताको निर्णायकको भूमिकामा रहेको प्रतियोगिताको सह–आयोजक संस्थाहरूमा पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रहेको आयोजक संस्थाका अध्यक्ष दामोदर पोखरेलले बताए ।

प्रकाशित समय: शनिवार ७ असार, २०८२, १९:३१:३१
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०