नेपाली खेल क्षेत्रले प्राप्त गर्‍यो हालसम्मकै ठुलो बजेट

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं । सरकारले युवा तथा खेलुकद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, यो नै नेपाली खेलक्षेत्रले प्राप्त गरेको अहिलेसम्मकै ठुलो बजेट हो ।

सरकारले गत आर्थिक वर्षको भन्दा झन्डै दोब्बर बजेट छुट्याएको हो । पछिल्लो आवको बजेट तीन अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

Advertisement

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने र खेलाडीमा ‘म जित्न सक्छु’ भन्ने उच्च मनोबल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको बताए । उनले प्रस्तुत गरेको बजेट अनुसार झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ ।

खेल विधाको विविधीकरण र खेल पर्यटन प्रवर्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स रंगशाला निर्माण हुने छ ।

अन्तर्राष्टिस्तरमै उपलब्धि हासिल गरेको नेपाली क्रिकेटलाई बजेटमा विशेष प्राथमिकतामा दिइएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि पनि ४० करोड रुपैयाँ छुट्याइएको छ । गत फागुनदेखि त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट्स जडान गर्ने कार्य भइरहेको छ ।

यसै गरी त्रिभुवन विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्याङ्नका आधारमा चितवनस्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा सिर्जित सम्पत्ति खरिद गर्न ससर्त अनुदानको व्यवस्था भएको छ ।

यसैगरी उपप्रधानमन्त्री पौडेलले सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना गर्न ५४ करोड रुपियाँ विनियोजन गरेका छन् ।

तीन पटक मिति सरेको राष्ट्रिय खेलकुदका लागि गत वर्ष पनि ६० करोड रुपियाँ विनियोजन गरिएको थियो ।

बजेटमा महिला खेलकुद, डोपिङ र पदक विजेता खेलाडीलाई पनि सम्बोधन गरिएको छ ।

अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र खेलाडी तथा प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइने कुरालाई बजेटमा समेटिएको छ ।

खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्न महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने तथा उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिने उपप्रधानमन्त्री पौडेलले बताए ।

खेलकुदलाई डोपिङमुक्त गर्ने अभियान अन्तर्गत राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न पनि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

जगदेखि नै खेलकुदलाई बलियो बनाउनेतर्फ पनि सरकारले ध्यान पुर्‍याएको छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्था गरेको गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०