सिद्धान्त लोहनीको उपचारमा जुट्न कोशी प्रदेश खेलकुद विकास बोर्डको अपिल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारमा जुट्न तीनै तहका सरकार तथा सरोकारवाला निकायहरूमा अपिल गरेको छ ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’ ले आइतबार भिडियो सन्देश जारी गर्दै कोशी प्रदेश क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लोहनीलाई उपचारमा सहयोग गर्न सबैसमक्ष अपिल गरेका हुन् ।

‘क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउँदै आउनुभएका कोशी प्रदेशका पूर्वकप्तान सिद्धान्त उपचाररत हुँदा पनि तीनै तहका सरकारले कुनै पहल नगर्नु दुःखद हो,’ बस्नेतले भने,’खेलाडीहरूले निःशुल्क उपचार पाउनुपर्छ भन्ने मान्यता स्थापित गराउन खोज्दाखोज्दै राष्ट्रको गौरवका रूपमा रहेका सिद्धान्तले उपचार पाउन सक्नुभएको छैन ।’

भारतमा उपचार गराइरहेका सिद्धान्तले उपचारमा कठिनाइ भोग्दा खेलक्षेत्र निराश बनेको बताउँदै उनले सबैलाई उपचारका लागि सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।

खेलक्षेत्रमा भविष्य नभएको भन्दै खेलाडी पलायन भइरहेको अवस्थामा सिद्धान्तले उपचार नपाउनु दुःखद् रहेको ठहर निकाल्दै बस्नेतले प्रधानमन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्यमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीसमेतसँग अपिल गरेका छन् ।

‘यथाशीघ्र सिद्धान्तको उपचार होस् र उहाँलाई पुनः मैदानमा फर्काउने पहलकदमी सरकारले लिनुपर्छ,’ उनले भने ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनकपुरमा जेठ २०८० मा आयोजना गरेको महेन्द्र निधि टी–२० प्रतियोगिता खेल्ने क्रममा सिद्धान्त घाइते भएका थिए ।

१९ जेठमा गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा लोहनीले खुट्टामा चोट बोकेका थिए । त्यसपछि ६ पटकसम्म शल्यक्रिया गराइसकेका उनले क्यानबाट एक लाख रुपैयाँमात्र पाएका थिए ।

त्यसबाहेक उनले आफ्नो उपचारमा लागेको २० लाख रुपैयाँ खर्च आफैँले बेहोरेका थिए । अहिले उनको भारतका गुडगाउँस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय टोलीबाटै क्रिकेट खेलिसकेका सिद्धान्तको उपचारमा कसैले चासो नदिँदा उनी दुई वर्षदेखि अस्पतालको शय्यामा छटपटाइरहेका छन् ।

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जस्तै हेलिकप्टर शट हानेर चर्चामा आएका सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।

उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए । उक्त खेलमा नेपाल ७ विकेटले पराजित हुँदा टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी उनै सिद्धान्त थिए ।

खेल हारेपनि सिद्धान्तले हानेको हेलिकप्टर शटको चर्चा भएको थियो । अन्तर्राष्ट्रिय स्तरमै उनको सटले चर्चा पायो । डेब्यु खेलमा राम्रो प्रदर्शन गर्दै सम्भावना देखाएपनि सिद्धान्तको अन्तर्राष्ट्रिय करिअर भने त्यसपछि अघि बढेन ।

सिद्धान्तले सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग र सन् २०२३ जनवरीमा मा नेपाल टी२० लिग समेत खेलेका थिए । २०२३ जुनमा घाइते भएपछि भने उनले फेरि खेल्न पाएका छैनन् ।

प्रकाशित समय: आईतबार ७ ब‌ैशाख, २०८२, १६:३१:२८
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०