इन्डो नेपाल क्रिकेट प्रतियोगिता : होराइजन र एनबिएससी सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ चैत, २०८१
१ वर्षअघि

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै होराइजन र भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

विराटनगरको जुट मिल खेलमैदानमा भएको खेलमा होराइजनका दिपेश कँडेलले उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

उनले ४ ओभरमा मात्र १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदै आयोजक टिमको ब्याटिङ लाइनअप ध्वस्त पारे ।

उनी खेलको प्लेयर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।

कँडेलको साथमा प्रेम कामतले पनि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा केवल २ रन खर्चेर २ विकेट हात पारे ।

फिरदोस अन्सारी र अभिषेक कार्कीले समान १–१ विकेट लिन सफल भए ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको होराइजनले निर्धारित २० ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो ।

टिमका लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक रन बनाए ।

उनले मात्र १४ बलमा ३८ रन बनाउँदा ४ वटा शानदार छक्का र ३ चौका प्रहार गरे ।

कपिल मन्डलले २६ बलमा २७ रन र अमन अलीले १६ बलमा २३ रनको महत्वपूर्ण योगदान दिए ।

यसैगरी, निरज मुखियाले २० बलमा १६ रन र अभिषेक कार्कीले १९ बलमा १३ रन बनाए ।

आयोजक मिल्स क्रिकेट क्लबका बलरहरूमध्ये मुरली चौधरीले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिन सफल भए ।

यसैगरी, प्रशान्त साह र अमर यादवले समान २–२ विकेट हात पारे ।

होराइजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको आयोजक टिम दबाबमा देखियो ।

उनीहरूले १५ ओभरमै सबै विकेट गुमाउँदै केवल ९७ रन मात्र बनाउन सके ।

आयोजक टिमका लागि सार्थक धितालले २२ बलमा २५ रन बनाए ।

यसैगरी, राहुल विकले १५ बलमा २४ रन र सन्तोष चौधरीले ९ बलमा २१ रनको योगदान दिए ।

पपु यादवले ११ रन बनाउँदा टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न असफल रहे ।

जितसँगै होराइजनले बिहीबारको पहिलो सेमिफाइलन हाइपर क्रिकेट क्लब पटनासँग खेल्नेछ ।

मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा एनबीएससीले सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले पराजित गरेको हो ।

मुनले दिएको १३२ रनको लक्ष्य पछ्याउँदै एनबीएससीले १४.१ ओभरमा ४ विकेट गुमाएर खेल जित्न सफल भयो ।

यस जीतमा पप्पु यादव (बी) ले महत्वपूर्ण भूमिका निभाए ।

उनले केवल २९ बलमा अविजित ५२ रन बनाए, जसमा ५ छक्का र ४ चौका प्रहार गरे ।

उनी प्लेयर अफ द म्याच घोषित भए । एनबीएससीका रोशनले ३३ बलमा ३२ रन र अभिनास करनले अविजित ८ बलमा २० रन बनाए ।

मुनका बलरतर्फ गुलसन राजले २ ओभरमा ११ रन खर्चेर २ विकेट र प्रेम कुमारले १ विकेट लिए ।

यसअघि मुनले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

मुनका लागि कमलुद्रिनले २५ रन, प्रेम कुमारले अविजित २४ रन र रिसु कुमारले केवल ९ बलमा २० रन बनाए ।

बलिङतर्फ एनबीएससीका नितेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

सर्वण यादव, पप्पु यादव, सुमित श्रेष्ठ र सुवास रोयले समान १–१ विकेट लिएका थिए ।

यो प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल बुधबार वाइआरसिस विराटनगर र सिराहा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित समय: मङ्गलबार २५ चैत, २०८१, १८:५५:११
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०