करातेमा लामाको कारण सबै असन्तुष्ट : महासंघको साधारणसभासमेत विवादित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ चैत, २०८१
१ वर्षअघि

निजगढ, बारा – नेपाल कराते महासंघको साधारणसभा विवादित बनेको छ ।

महासंघका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको हो ।

साधारणसभामा महासंघ अध्यक्ष युवराज लामाकी सहोदर दिदी मिना लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

तर, महासङ्घका वरिष्ठ उपाध्यक्षहरूसहित धेरैजसो पदाधिकारीहरू अनुपस्थित रहेका थिए ।

सितोरियो बाहेकका गोजुरियो,बादोरियो र सोतोकान करातेबाट निर्बाचित पदाधिकारी तथा सदस्य लगायत कोही पनि प्रतिनिधि उपस्थित रहेका थियनन जसले गर्दा संस्थाभित्र आन्तरिक असन्तुष्टि रहेको देखाएको छ ।

साधारणसभामा आफूअनुकुलताका कृतिम सदस्यहरूको बहुसंख्यक उपस्थिति रहेको देखिएको थियो ।

साधारणसभामा वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, उपाध्यक्षहरू डा. ओमकृष्ण प्रसाई, मकेन्द्रबहादुर सिंह, प्रकाश मोहन दौवडेल, श्याम शेर्पा, सचिवद्वय बलराम मित्र र ध्वजमान मोक्तानलगायत पदाधिकारी अनुपस्थित थिए ।

यसैगरी, सदस्यहरू यादव काफ्ले, गोपाल महर्जन, कृष्ण गौतम,हिक्मत थपलिया, रवि महर्जन, राजिवबिक्रम थापा, शशीकुमार तितुङ, दिलिपराज भण्डारी, सन्जयकुमार राई,मिलनराज प्रसाईं, मेनुका ठाकुर, डोल्मा शेर्पा, राधिका देउलालगायत पनि साधारणसभामा उपस्थित थिएनन् ।

साधारणसभामा अध्यक्ष लामासहित केही पदाधिकारी र केही सदस्य उपस्थित थिए । ३२ सदस्यीय केन्द्रीय कमिटीमध्ये १२ जना मात्र साधारणसभामा उपस्थित रहेपछि साधारणसभाको औपचारिकता र निर्णय प्रक्रियाप्रति शंका उत्पन्न गरेको हो ।

अहिले महासंघभित्र आन्तरिक विवाद तथा व्यवस्थापकीय कमजोरी रहेको देखिन्छ ।

महासंघका अन्य पदाधिकारीहरूले औपचारिक धारणा नदिए पनि उनीहरूको अनुपस्थितिले संगठनभित्रको एकता र पारदर्शितामा कमजोर रहेको संकेत दिएको छ ।

आगामी दिनमा महासङ्घको नेतृत्व तथा कार्यशैलीमा सुधार आउँछ कि संस्था भित्रको विवाद अझ चर्किन्छ भन्ने समयले देखाउनेछ ।

एसियन प्रतियोगितामा मेडल प्राप्त गरेको कराते खेलमा अनावश्यक राजनीति भईरहेको हुनाले खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

लामा नेतृत्वको कराते महासंघमा अहिले असन्तुष्टको चाङ देखिएको छ । हालैमात्र लामाले विभेद गरेको भन्दै १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले संन्यास घोषणा गरेका थिए ।

गत वर्ष हाङचाउ एसियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले बुधबार पत्रकार सम्मेलन गर्दै संन्यास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासंघ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।

उनले भनेका थिए, ‘मलाई छोड्न मन भएर कराते त्याग्न लागेको होइन । किनकि यो मेरो मनपर्ने खेल हो । यही खेलमा वर्षौं मिहिनेत गरेको छु । तर बाध्य भएर छोड्दै छु । त्यो बाध्यता भनेको कराते महासंघ नेतृत्व (युवराज लामा) बाट जुन विभेद भयो, त्यो सह्य भएन ।’ एसियाली खेलकुद खेलेर आएपछि नै आफूमाथि त्यस्ता किमिसका व्यवहारहरू गरिएको उनको भनाइ थियो ।

प्रकाशित समय: शनिवार ८ चैत, २०८१, २१:१७:१०
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०