गाउँपालिकाले ‘साम्बा’ चोक बनाउन लागेकोमा खुसी छिन् सावित्रा भण्डारी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ चैत, २०८१
१ वर्षअघि

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मर्स्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।

मर्स्याङदी गाउँपालिकाको कार्यपालिका बैठकले नै उक्त निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सावित्रा जन्मिएको मर्स्याङ्दी-९ पामचोकलाई उक्त नाम दिन लागिएको हो ।

गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होलिङ बोर्ड राखेर साम्बाचोक नामाकरण गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिए ।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीयले बताएका छन् ।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गर्ने निर्णयको खुसी ब्यक्त गरिन् ।

“मेरो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको छ । यो निर्णय र कामका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु,” उनले भनिन् ।

वि.सं. २०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छन् ।

सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसकेकी छन् ।

सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन् ।

साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् ।

प्रकाशित समय: शुक्रबार ७ चैत, २०८१, ११:०९:३६
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०