विराट गोल्डकप : साबिक विजेता मछिन्द्रलाई हराउँदै थ्रीस्टर सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । थ्रीस्टार क्लब ‘डिफेन्डिङ च्याम्पियन’ मच्छिन्द्र एफसीलाई पाखा लगाउँदै विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रंगशालामा शुक्रबार राति सम्पन्न तेस्रो क्वार्टर फाइनलमा मच्छिन्द्रको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्रीस्टार अघि बढेको हो । उसको भेट आइतबारको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभूवन आर्मीसँग हुने छ ।

Advertisement

विराट गोल्डकपको पूर्वविजेता थ्रीस्टारको जितमा आशिष चापागाईं र दिपेश घलेले १–१ गोल गरे ।

खेलको १५ औं मिनेटमा एन्जल महर्जनको सहयोगमा आशिषले टिमलाई अग्रता दिलाए ।

डी–बक्सभित्रबाट गरेको प्रहारले पोस्टको बाटो तय गरेको थियो ।

त्यसको १० मिनेटमै दिपेशले अग्रता दोब्बर बनाए । थ्रीस्टारलाई जित निकाल्न आशिष र दिपेशले गरेको गोल पर्याप्त भयो ।

मच्छिन्द्र पनि अन्तिमसम्म संघर्षमै रहयो । खेलको अन्त्यतिर ८९ औं मिनेटमा कप्तान देवेन्द्र तामाङले सान्तवना गोल फर्काए ।

उनले डी–बक्स भित्रबाट टाउकोले आकर्षक गोल गरेका थिए । अर्को गोल थप्न नसक्दा मच्छिन्द्र फर्कियो ।

खेलको म्यान अफ दी म्याच थ्रीस्टारका दिपेश घलेले नगद ११ हजार पाए ।

पहिलो हाफमा २ गोलले पछि परेसँगै मच्छिन्द्र दबाबमा परेको थियो । मध्यान्तरपछि आक्रमक बने पनि जित निकाल्न सकेन ।

थ्रीस्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपबाट लिएको छ ।

कपिलवस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मच्छिन्द्रले १–० गोलले पराजित गरेको थियो ।

दास्रो हाफपछि केही उत्कृष्ट अवसर सिर्जना गरे पनि मच्छिन्द्र सफल भएन ।

खेलको ५५ औं मिनेटमा देवेन्द्र तामाङको प्रहारलाई गोलरक्षक विवेक मगरले विफल पारिदिए ।

त्यसलगतै थ्रीस्टारका विदेशी खेलाडी एन्ड्रिस असफल भए ।

८० औं मिनेटमा थ्रीस्टारका युसुफले करिब २५ यार्डदेखि गरेको सशक्त प्रहार बाहिरियो ।

मच्छिन्द्र घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै विराट गोल्डकपको आठौं संस्करणमा विजेता बनेको थियो ।

थ्रीस्टारले पाँचौं संस्करण जितेको थियो । शनिबारको अन्तिम क्वार्टर फाइनल खेलमा चर्च ब्वाईज युनाईटेड र एनआरटी भिड्ने छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०