प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जितपछि मोरङ २ खेलमा ४ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा भरेको छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो । मोरङकालागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा २ खेलमा १ मा जित १ मा पारजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

टस हारेर जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।

१ सय ५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

प्रकाशित समय: मङ्गलबार २० फाल्गुण, २०८१, १७:१०:२९
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०