केपी ओली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक, आर्मी बन्यो उपविजेता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ ।

यसअघि दुई पटक च्याम्पियन बनिसकेको मच्छिन्द्रले दशरथ रङ्गशालामा सोमबार साँझ भएको तेस्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै लगातार तेस्रो पटक उपाधि चुमेको हो ।

Advertisement

मच्छिन्द्रलाई जिताउन स्टेफन जमाह जालीले गोल गरे ।

मच्छिन्द्रले अर्को गोल आर्मीबाट आत्मघाती उपहार पाएको थियो ।

आर्मीले केही गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

दशरथ रङ्गशालाको प्यारापिटमा भरिपूर्ण दर्शकबिच भएको खेलमा मच्छिन्द्रले आफुलाई अब्बल सावित गर्‍यो ।

उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै उपविजेता आर्मीले पाँच लाख रुपियाँ पाएको छ ।

प्रतियोगिताको उद्घाटनसँगै खेलाडीलाई उत्साह दिन प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशाला पुगेका थिए ।

इटालीलाई सन् २००६ को विश्वकप जिताउन सफल बुफोनलाई प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले पाहुनाको रूपमा नेपाल निम्त्याएको हो ।

फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०