सावित्राको गोलसँगै हारबाट जोगियो नेपाल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
२ वर्षअघि

काठमाडौं। सावित्रा भण्डारीको नायकी गोलसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा हारबाट जोगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग २–२ को बराबरी खेलेको हो। नेपालले म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो।

सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भएको थियो।

यो बराबरीसँगै यी दुई टोलीले समान सात अंकसहित लिग चरण सक्काएका छन्। तर, गोलअन्तरमा भने म्यानमार शीर्ष स्थानमा रह्यो। अब यी दुई टोलीले उपाधि हात पार्न फागुन १४ गते पुन: एकअर्काविरुद्ध खेल्नेछन्। यो यी दुई टोलीको अन्तर्राष्ट्रिय फुटबलमा पाँचौं भेट हुनेछ।

खेलको पाँचौं मिनेटमै म्यानमारले अग्रता लिएको थियो। फ्रिककमार्फत म्याथ नोइले दोस्रो बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो। उक्त बललाई गोलकिपर अञ्जना रानामगरले बचाउने कुनै मौका पाइनन्। अघिल्ला दुई खेलमा बेञ्चमा बसेकी अञ्जनालाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा सुरुआती ११ मै खेलाएका थिए।

तर, उनको निर्णय फलदायी साबित हुन सकेन। तर, नेपाल ११औं मिनेटमै खेलमा फर्कियो। सावित्रा भण्डारीले दिएको क्रसलाई अनमार्क सविता रानामगरले सहजै गोल गरिन्।

तर, उक्त अग्रता पाँच मिनेट पनि टिक्न सकेन। १६औं मिनेटमा पुन: म्यानमारले अग्रता लियो। विपक्षी खेलाडीले अगाडि दिएको बललाई डिफेन्डर विमला बिके अलमलिँदा मे हातइत लुले बल खोस्दै गोल गरिन्। उनको प्रहारलाई पनि अञ्जनाले रोक्न सकिनन्।

तर, ४१औं मिनेटमा सावित्राले नेपाललाई खेलमा फर्काइन्। प्रीति राईले निकाल्दिएको पासमा सावित्राले बराबरी गोल गरेका हुन्। उनको यो ५८औं अन्तर्राष्ट्रिय गोल हो। त्यसपछि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडे।

प्रकाशित समय: आईतबार ११ फाल्गुण, २०८१, २०:२९:१८
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०