मनमोहन विश्वविद्यालयमा सुरु भयो ‘स्पोर्ट्स मिट’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा ३ दिने ‘स्पोर्ट्स मिट’ सुरु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–१ हात्तीमुढास्थित विश्विद्यालय परिसरमा आइतबारदेखि मनमोहन स्मृति ‘स्पोर्ट्स मिट’–२०८१ सुरु भएको हो ।

उद्घाटन मनमोहन प्राविधिक विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले गरेका छन् ।

प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामी दिनदेखि आंगिक शिक्षालय पोलिटेक्निकको मात्र नभएर विश्वविद्यालयका विभिन्न संकायहरूलाई सहभागी गराएर खेलकुद बोर्डसँगको सहकार्यमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिपर्ने बताए ।

पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीले शारीरिक तन्दुरुस्ती र आत्मअनुशासनका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुन्छ भन्दै ‘स्पोर्ट्स मिट’मा शिक्षालयका विभागीय टोलीहरु बीच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए ।

प्राचार्य अधिकारीले अगामी वर्षदेखी प्रेदशस्तरीय प्राविधिक शिक्षालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए ।

उद्घाटन सत्रमा विश्वविद्यालयका परीक्षा नियन्त्रक भीप्रसाद काफ्ले, पोलिटेक्निकका प्रशासन प्रमुख सुजन भुर्तेल, तालिम संयोजक लोचन न्यौपाने, इन्जिनियरहरु युवराज चौधरी, दिपेश यादव, रामप्रसाद यादव, इलाका प्रहरी कार्यालय नेमुवाका सई भुवन श्रेष्ठलगायत विभागीय शिक्षक कर्मचारीहरुको सहभागिता थियो ।

प्रचार्य अधिकारीका अनुसार मंगलबारसम्म सञ्चालन हुने ‘स्पोर्ट्स मिट’मा पोलिटेक्निकका विभागीय छात्र र छात्रा टोलीहरू बीच फुटबल, भलिबल, डोरीतान, चेस, ब्याडमिन्टनलगायतका खेलहरुमा आन्तरिक प्रतिस्पर्धा हुनेछ ।

मनमोहन स्मृति पोलिटेक्निकले हरेक वर्ष ‘स्पोर्ट्स मिट’ सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, २०:३३:०६
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०