राष्ट्रगानका रचयिताको प्रमुख आतिथ्यतामा किड्स भिलेजले मनायो ११औं वार्षिकोत्सव

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन/मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ ।

शनिबार विराटनगर–८ आरोहण गुरुकुलमा भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ को प्रमुख आतिथ्यतामा किड्स भिलेजले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बालकक्षादेखि ७ कक्षासम्मका विद्यार्थीहरूले आफ्ना प्रस्तुति राखेर उपस्थित अतिथि, अभिभावक र शिक्षक–शिक्षिकालाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रमको थालनी बालकक्षाका छात्र–छात्राहरूले स्वागत नृत्यबाट गरेका थिए ।

त्यससँगै विद्यार्थीहरूले सांस्कृतिक पहिरनसहितको ‘फेसन शो’, हनुमान चालिसा, भजन, नाटक, कराते र तेक्वान्दोका कौशलातासमेत प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्कुलले आफ्ना ४२ जना विद्यार्थीहरूलाई दीक्षित गरेको थियो ।

कार्यक्रममा बोल्दै मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले किड्स भिलेजका विद्यार्थीकोहरूको प्रस्तुतीबाट मन प्रफुल्लित बनाएको सुनाए ।

किड्स भिलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरूलाई अब्बल बनाएको उनको भनाइ थियो ।

स्कुलका प्रिन्सिपल विजय दाहालले अभिभावकको साथ–सहयोग र भरोसाका कारण आफूहरूले ११औं वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

स्कुलमा आफूहरूले गरेको मेहनत र अभिभावकको साथले गर्दा विराटनगरको उत्तरी भेग पुष्पलाचोकमा मारिया किड्स मन्टेश्वरी स्कुल पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको बताए ।

स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अभिभावकको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले निर्भिकताका साथ किड्स भिलेजका विद्यार्थीहरूले दिएको प्रस्तुतीबाट आफू बालापनमा फर्किन पुगेको बताए ।

किड्स भिलेजमा पठनपाठनसँगै विभिन्न कला–सीप सिकाउनेबारे थाहा पाउँदा आफूलाई खुसी लागेको पनि उनले बताए ।

कार्यक्रमको समापन गर्दै स्कुलका अध्यक्ष मदन खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको किड्स भिलेजप्रति अभिभावकको भरोसा बढेको बताए ।

कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष अनुमप राठी, मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष मणिराज भट्टराई, सदस्य, ईन्द्र राई, समाजसेवी फुलकुमार लालवानी, विराटनगर प्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठ, सचिव चिरञ्जीवी तिम्क्सिनालगायतको विशिष्ठ आतिथ्यता रहेको थियो ।

साथै, स्कुलकी एकेडेमिक डाइरेक्टर निर्मला अधिकारी र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, १३:४१:५७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५८ minutes

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०