यू-१९ महिला विश्वकप : नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
१ वर्षअघि

विराटनगर । मलेसियामा जारी आइसीसी महिला यू-१९ टी ट्वान्टी विश्वकपमा नेपालले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

वाइएसडी युकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

Advertisement

आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

सो खेलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले सुरु ब्याटिङ गरेको थियो ।

१८ ओभर २ बल मात्र पिचमा टिक्न सकेको नेपालले केवल ५२ रन बनाएको थियो ।

सो खेलमा नेपालको ‘रनिङ बिट्विन द विकेट’ निकै खराब रहँदा ५ खेलाडी रन आउट भएका थिए ।

जवाफमा नेपालले राम्रो बलिङ गरे पनि ५२ रनको सामान्य योगफल रक्षा गर्न पर्याप्त भएन ।

टिमले आज अघिल्लो खेलमा गरेका गल्ती सुधार्न आवश्यक छ ।

प्रशिक्षक महेश रिजालले कप्तान पूजा महतोबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् ।

उपकप्तान सोनी पाख्रिन पनि चल्नु आवश्यक छ ।

समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे नेपाल बाहिरिने खतरा रहेको छ ।

अर्को तर्फ स्कटल्यान्ड, अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।

५९ रनमा अलआउट भएको स्कटल्यान्डलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाले १५ ओभर १ बलमा केवल १ विकेट गुमाएको थियो ।

पुनरागमनको प्रयासमा रहेका दुई टोली पहिलो पटक एकअर्का विरुद्ध मैदान उत्रिन लागेका हुन् ।

समूह ‘डी’मा दुवै टोली अंकविहीन छन् ।

नेपाल नेट रन रेटको आधारमा तेस्रो र स्कटल्यान्ड पुछारमा छ ।

२ अंक सहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।

हरेक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्ने हुँदा यस खेलमा जित हात पार्ने टोली अघिल्लो चरणमा पुग्ने सम्भावना उच्च हुनेछ ।

विश्वकपमा यस बाहेक आज अन्य ५ खेल पनि हुँदै छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०