खो खो विश्वकपमा नेपाल र भारतबीच उपाधि भिडन्त !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ माघ, २०८१
१ वर्षअघि

विराटनगर । टिम गेममा पहिलोपटक विश्वकपको फाइनलमा पुगेको नेपालले आज उपाधिका लागि छिमेकी मुलुक भारतसँग खेल्दै छ ।

खो खो विश्वकपको फाइनलमा आइतबार साँझ नेपाली पुरुष र महिला टोलीले भारतसँग खेल्न लागेको हो ।

अन्य खेलमा सधैं तगारो बन्ने गरेको भारतलाई उसैको घरमा हराउँदै नेपालले खो खो विश्वकपको ट्रफी ल्याउने लक्ष्य लिएको छ ।

महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै, पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।

नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुरुष टोली समूह ‘ए’को उपविजेता हुँदै फाइनल पुगेको हो ।

पुरुषतर्फ नेपालले सेमिफाइनलमा इरालाई हराएको थियो भने महिलातर्फ युगाण्डालाई पराजित गरेको थियो ।

नयाँदिल्लीमा जारी प्रथम खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका थिए ।

कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो ।

पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् ।

नेपालले खो–खो खेलमा १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितिसकेको छ ।

घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा नेपाली महिला टिमले खो–खोमा रजत जितेको थियो ।

त्यतिबेला भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको थियो ।

नेपाललाई भारतसँग सागको बदला विश्वकपमा उसकै भूमिमा लिने अवसर छ ।

पुरुषतर्फ नेपाली टोली १३ औं सागमा बंगलादेशसँग २४–२३ ले पराजित भएर फाइनल पुग्नबाट बञ्चित भएको थियो ।

नेपालले विश्वकपमा बंगलादेशलाई क्वाटरफाइनलमै रोकेर बदला लिइसकेको छ ।

नेपालले सागमा श्रीलंकालाई १७–७ ले हराएर कांस्यमा चित्त बुझाएको थियो । स्वर्ण भने भारतले नै जितेको थियो ।

सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालका महिला र पुरुष दुवै टिमले कांस्य जितेका थिए ।

त्यतिबेला पनि दुवै स्वर्ण भारतले जितेको थियो भने बंगलादेश रजतमा सीमित भएको थियो ।

प्रकाशित समय: आईतबार ६ माघ, २०८१, १२:०६:५६
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०