बूढीगंगामा लापसे परीक्षण, लापसे गरेर गाडी कुदाउने ११ जना ड्राइभर पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह-चालकहरूको स्वास्थ्य परीक्षण तथा लागुऔषध पदार्थ सेवन (लापसे) जाँच गरिएको छ ।

मंगलबार सुरक्षा निकायले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण तथा लापसे जाँच गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बूढीगंगा गाउँपालिका तथा विराट टिचिङ अस्पतालको सहकार्यमा उक्त स्वास्थ्य शिविर गरिएको थियो ।

शिवरमा ५० जना सडक प्रयोगकर्ता, ५५ जना चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जसमा ११ जना सवारी चालकहरूले लापसे सेवन गरेको पाइएकोले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भए पनि सवारी साधनबाट हुने दुर्घटना हाम्रोसामु ठुलो चुनौतीका रूपमा रहेको सुनाए ।

यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरूमध्ये सबैभन्दा बढी चालकको लापरबाहीको कारणबाट भएको तथ्यांकले देखाउने उनको भनाइ छ ।

तीमध्ये कतिपय दुर्घटनाहरू चालकहरूको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, विभिन्न सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
३ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
४ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
४ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
५ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०