छिन्नमस्ता गाउँपालिकामा जनकपुर बोल्ट्स टिमलाई सम्मान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्स टिमलाई सम्मान गरिएको छ ।

विशेष कार्यक्रमबीच छिन्नमस्ता गाउँपालिकामा काठमाडौंमा हालै सम्पन्न प्रथम संस्करणको एनपिएल जित्ने जनकपुर टिमलाई सम्मान गरिएको हो ।

छिन्नमस्ता शक्तिपीठमा पूजाअर्चना र देवीको आशीर्वाद ग्रहणपछि गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उनीहरूलाई सम्मान गरेका हुन् ।

अध्यक्ष चौधरीले टिमका ओपनर उत्सव सिग्देल, क्याप्टेन ललित राजवंशी र अन्य खेलाडीहरूलाई १ लाख ५ हजार रुपैयाँको पुरस्कार, कदरपत्र, मधेसको पहिचान झल्काउने गम्छा र मिथिलाको पाग पहिराएर सम्मान व्यक्त गरे ।

चौधरीले टिमलाई धन्यवाद दिँदै भने, ‘यो सानो योगदानले खेलाडीहरूमा ऊर्जा र आत्मबल थप्ने विश्वास छ । जनकपुर बोल्ट्सको सफलताले देशभरका युवालाई खेलकुदप्रति आकर्षित गर्नेछ ।’

कार्यक्रममा अध्यक्ष चौधरीले जनकपुर बोल्ट्सको प्रेरणादायी यात्राको प्रशंसा गर्दै, नेपाल प्रिमियर लिगले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याएकोमा गर्व व्यक्त गरे ।

उनले भने, “नेपाल प्रिमियर लिगले केवल खेलकुदको मनोरञ्जनमात्र प्रदान गरेको छैन, यसले राष्ट्रिय एकता, युवाको प्रेरणा, र खेलकुदलाई जीवन परिवर्तन गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको छ । यो लिगले नेपाली खेलकुदका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।”

अध्यक्षले खेलकुदको विकास र खेलाडीहरूको सशक्तीकरणका लागि राज्यले अझ धेरै पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “नेपाल सरकारले खेलाडीहरूको जीवनमा आर्थिक अभाव नहोस् भनेर थप ध्यान दिनुपर्छ । उनीहरूको पारिश्रमिक वृद्धि गर्दै, खेलकुदलाई दीर्घकालीन प्रगतिका लागि महत्त्वपूर्ण आधार बनाउन जरुरी छ । खेलकुदले मात्र होइन, यसले युवाको भविष्य र देशको पहिचानलाई पनि बलियो बनाउँछ ।”

क्याप्टेन ललित राजवंशीले छिन्नमस्ता गाउँपालिकाको यो सम्मानले आफूहरूलाई थप जिम्मेवारी महसुस गराएको बताउँदै भने, “देवीको आशीर्वाद र गाउँपालिकाको यो सम्मानले हाम्रो टिमलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गरेको छ । यो जीतले देशभरका युवालाई खेलकुदमा सक्रिय बनाउने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

छिन्नमस्ता गाउँपालिकाले सम्मान कार्यक्रममार्फत खेलकुदको महत्त्व र यसको माध्यमबाट राष्ट्रिय प्रगति र सामाजिक एकतालाई बलियो बनाउने प्रयासलाई थप प्रोत्साहन दिएको छ ।

यस कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष विजयकुमार यादवले खेल र खेलाडीहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दै खेलाडीहरूलाई प्रेरणादायी शब्दहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार १६ पुस, २०८१, १३:२६:२४
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०