कोशी प्रदेशमा निरन्तर घट्न थाल्यो कोदोको उत्पादन

-नम्रता न्यौपाने
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा बर्सेनि पुरानो खाद्यन्न बाली कोदोको उत्पादनमा गिरावट हुन थालेको छ । कुनै समय गरिबको खानाको रूपमा चिनिएको कोदोको परिकारको महत्त्व पछिल्लो समय बढ्दै गए पनि उत्पादनमा भने गिरावट आएको हो ।

कोशी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष  ५७ हजार २७४ हेक्टर जमिनमा कोदो लगाउँदा ८५ हजार ९७२ मेट्रिक टन उत्पादन भएको हो ।

जबकि, गत आर्थिक वर्षमा ५७ हजार ३७५ हेक्टर जमिनमा कोदो लगाउँदा ८७ हजार ३४३ मेट्रिक टन उत्पादन भएको थियो ।

पछिल्लो समय कम हुँदै आएको कोदो खेती संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको छ । जसकारण उत्पादन पनि घटेको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।

कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ र ओखलढुंगामा धेरै कोदो खेती हुने गरेको छ । खोटाङमा यस वर्ष १३ हजार हेक्टर जमिनमा कोदो लगाउँदा २१ हजार ९९७ मेट्रिक टन उत्पादन भएको छ ।

ओखलढुंगामा ७ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउँदा १३ हजार मेट्रिक टन उत्पादन भएको निर्देशनालयको तथ्यांक छ ।

कोदोको खेती र उत्पादन घट्दै गए पनि बजार माग भने बढ्दो देखिएको छ । होटल तथा होमस्टेमा ढिँडो पकाउन र मःमः बनाउन प्रयोग हुने कोदो जाँड-रक्सी बनाउनेदेखि बिस्कुट बनाउन पनि प्रयोग हुने गरेको छ ।

तर, खेती र उत्पादनमा गिरावट आएसँगै नेपालमा वार्षिक ८ करोडको कोदो आयात हुने गरेको छ ।

नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको छ ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, १७:२५:५५

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१३ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१३ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
२ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०