प्रधानमन्त्री ओली भन्छन् : एमाले राजनीति गर्न बनेको पार्टी होइन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० मङ्सिर, २०८१
२ वर्षअघि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राजनीति गर्न नभएर देश बनाउनका बनेको दाबी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले एमाले जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्दै देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिष्कृत रूपहरूमध्ये उच्चतम रूमपा पुर्‍याउनका लागि एमाले बनेको बताए ।

नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको भन्दै उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यावहारिक, मूर्तरूप दिने काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो ।’

उनले थपे, ‘देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिष्कृत रूपहरूमध्ये उच्चतमरूमपा पुर्‍याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनुभएन । गरिबी निवारण हुनुपर्‍यो । खान-लगाउन जनाले पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’

प्रकाशित समय: आईतबार ३० मङ्सिर, २०८१, १३:०१:०८
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०