दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा तेस्रो संंस्करणको कोशी प्रदेशस्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

आगामी शनिबार र आइतबार दुई दिन दुहबी ब्याडमिन्टन क्लबको आयोजनामा कोशी प्रदेशस्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

Advertisement

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष दिलबहादुर थापा (केदार) र कार्यक्रम संयोजक सुभाष भट्टराईले उक्त जानकारी गराएका हुन् ।

मेन्स डबल ओपेन, मेन्स डबल ४५+ ओपेन भेट्रान, इन्टर मेम्बर र मिक्स डवल गरी चार तहका इभेन्टहरू हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुनेलाई रु ३१ हजार नगद र ट्रफी प्रदान गरिने छ भने दोस्रो हुनेलाई रु १६ हजार र ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।

यसैगरी, तेस्रो हुने दुई टिमलाई १६ हजार र ट्रफी पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष थापाले जनाएका छन् ।

मेन्स डवल भेट्रान विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २१ हजार, ११ हजार र १० हजार नगद पुरस्कार रहेको छ ।

मिक्स डबल विजेता समूहलाई क्रमशः २१ हजार, ११ हजार र १० हजार नगद राशि रहेको छ भने इन्टर मेम्बर विजयी प्रथम द्वितीय, तृतीय समूहलाई क्रमशः १५ हजार, ८ हजार र ८ हजार नगद पुरस्कार राशि रहेको छ ।

दुहबी रंगशालानजिक रहेको कवर्डहलमा हुने प्रतियोगिताको उद्घाटन भने दुहबी नगरप्रमुख वेदनारायण गच्छादारले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

खेलाडी दर्ता शुल्क, सहयोगी दाता, सदस्यहरू र मुख्य प्रायोजकबाट जम्मा अनुमानित नौ लाख संकलन हुने र सो रकम प्रतियोगिता सञ्चालनमा खर्च हुने अध्यक्ष थापाले जानकारी गराएका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०