साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । फुटबलको सर्वोच्च निकायले सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरबमा आयोजना गर्ने निर्णय गरेको छ ।

फिफा कांग्रेसले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार साउदी अरबलाई दिने निर्णय गरेको हो ।
पछिल्लो समय घरेलु फुटबलमा ठुलो धनराशी खर्च गरिरहेको साउदीले पुरुष विश्वकप फुटबल आयोजनाको अधिकार पाएको हो ।

Advertisement

विश्वकप फुटबलका लागि यो देशले अब ११ वटा रंगशाला बनाउनुपर्ने छ । तर, अहिलेसम्म ती कुनै पनि रंगशाला तयार भइसकेका छैनन् ।

त्यसमध्येको एउटा रंगशाला नयाँ सहरमा हुनेछ । तर रोचक के छ भने त्यो सहर नै बन्न बाँकी छ ।

यस्तै, सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, मोरक्को र स्पेनले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा कांग्रेसले यस विषयमा औपचारिक निर्णय गर्दै आयोजनाको अधिकार तीन देशलाई सुम्पिएको हो ।

सन् २०२३ को अक्टोबरमा विश्वकप आयोजनका लागि खुल्ला दर्खास्त आह्वान गरिएको थियो ।

पालैपालो विश्वकप आयोजना गर्ने महादेशीय चक्र अनुसार सन् २०३० को विश्वकप युरोप र सन् २०३४ को विश्वकप एसियाली देशले सञ्चालन गर्ने पक्का भएको हो ।

सन् २०३० मा विश्वकप आयोजनाको सय वर्षसमेत पूरा हुँदैछ । सो अवसरमा अर्जेन्टिना, पाराग्वे र उरुग्वे समेत एक एक विश्वकप फुटबलअन्तर्गतको खेलको आयोजना गर्नेछन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । पहिलोपटक सन् २०२६ मा भने ४८ राष्ट्रलाई सहभागी गराइन लागिएको छ ।

फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ । विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०