घरेलु उद्योग महासंघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबीच लघु निर्जीवन बीमा सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति विराटनगर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडबीच लघु निर्जीवन बीमा सञ्चालनका लागि सम्झौता भएको छ ।

विराटनगर महानगरपालिका-५ स्थित महासंघ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोक्का र महाप्रबन्धक अभिम डंगोल तथा महासंघका तर्फबाट अध्यक्ष चेतन निरौला र सचिव भवेश पौडेलले हस्ताक्षर गरे ।

घरेलु उद्योग महासंघसँग आवद्ध उद्योगी, व्यवसायी, कर्मचारी, सेवाग्राहीलगायतसँग सम्बन्धितको सम्पत्ती दायित्वलाई लघु निर्जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्नेगरी सम्झौता भएको अध्यक्ष निरौलाले जानकारी दिए ।

जिल्लाभरिका लघुउद्यमी र कृषि उद्यमीलाई लक्षित गरेर सम्पत्ती बीमासम्बन्धी समझारीमा हस्ताक्षर भएको उनको भनाइ छ । जसअनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५० लाखसम्मको बीमा गर्ने छ ।

‘माइक्रो इन्स्योरेन्सले लघु तथा साना उद्यमी र व्यवसायीहरूलाई लक्षित गरी काम गरिरहेकोले हामीले यो सम्झौता गरेका हौं,’ उनले भने, ‘साना उद्यमीमाथिको सम्भावित जोखिम न्यूनीकरणका लागि यो इन्स्योरेन्सले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा छ ।’

साथै, अध्यक्ष निरौलाले मोरङभरिका सबैखाले उद्यमीहरूलाई यसको लाभ लिन आग्रह गरे ।

उनका अनुसार घरेलु तथा साना उद्योगमा आवद्ध वर्ग-समुदाय तथा परिवारलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नेसमेत सम्झौता भएको छ ।

प्रकाशित समय: बुधबार २६ मङ्सिर, २०८१, १८:३५:४९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०