सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ मङ्सिर, २०८१
१ वर्षअघि

विराटनगर । पूर्वमन्त्री तथा संघीय सांसद भगवती चौधरी वर्ल्ड बुक अफ रेकर्डबाट सम्मानित भएकी छन् ।

नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता चौधरी सम्मानित भएकी हुन् ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ ।

सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रूपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन् ।

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवर्द्धनमा आफू सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताइन् ।

२०७२ सालको संविधानले सबै खाले विभेदहरूको अन्त्य गरेको भए पनि समाजमा विभेदहरू रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकिर गरिन् ।

उनले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तीकरणमा लागि रहने बताइन् ।

महिला आर्थिक सशक्तीकरणकी अभियन्ता समेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रूपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्‍याएकी छन् ।

३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तीकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् ।

उनले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरूलाई सामाजिक, सांस्कृतिक विभेदहरू विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तीकरणमा जोडेकी छन् ।

उनले गरिब, विपन्न र पछाडि परेका महिलाहरूको आर्थिक उन्नतिका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमूलक तालिम लगायतमा काम गर्दै आइरहेकी छन् ।

प्रकाशित समय: बुधबार १९ मङ्सिर, २०८१, १४:४२:४५

सम्बन्धित खबर

‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
१९ घण्टाअघि

नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने

शनिवार १९ ब‌ैशाख, २०८३
२० घण्टाअघि

रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

शनिवार १९ ब‌ैशाख, २०८३
२२ घण्टाअघि

‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव

शनिवार १९ ब‌ैशाख, २०८३
२३ घण्टाअघि

अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा

शनिवार १९ ब‌ैशाख, २०८३
१ दिनअघि
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०