निर्वाचन खर्च विवरण नबुझाएका माझी गाउँपालिका अध्यक्षको उम्मेदवार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नमोनारायण माझीले निर्वाचन खर्च विवरण नबुझाएको खुलेको छ ।

ग्रामथानमा मंसिर १६ मा हुन लागेको उपनिर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका माझीले निर्वाचन खर्च विवरण नबुझाएको खुलेको हाे ।

Advertisement

माझी २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

निर्वाचन आयोगका अनुसार ग्रामथान गाउँपालिकाको वडा नम्बर १ मा वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका माझी निर्वाचनमा भने पराजित भएका थिए ।

त्यसबेलाकाे निर्वाचन खर्चको विवरण उनले अहिलेसम्म निर्वाचन आयोगमा नबुझाएको खुलेको हाे ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्दा भएको खर्चको विवरण नबुझाएपछि उनलाई निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको खुलेको छ ।

माझीसहित त्यतिबेला वडा नम्बर १ मा वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका ३० जनालाई आयोगले जनही १ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

निर्वाचन खर्च नबुझाएका कारण आयोगले तोकेको जरिवानामा पर्नेमा सोही वडाका निर्वाचित वडाध्यक्ष सुरेशकुमार माझी लगायतका जनप्रतिनिधि पनि छन् ।

नेपाली कांग्रेसले वडाध्यक्षको टिकट नदिएपछि २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका माझी अहिले गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनिसकेका छन् ।

कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय रहेको बेला उनी २०५४ सालमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७४ मा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरूउपर स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणपछि पहिलो पटक जरिवानाको निर्णय गरेर कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

आयोगले यसको सूचना २०७९ भदौ १ गतेको गोरखापत्रमै निकालेर स्पष्टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएको, तोकेको अवधिमा स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको लगायतका आधारमा उम्मेदवारहरूलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २४ बमोजिम खर्चको हदअनुसार हुने गरी दफा २६ को उपदफा (१) बमोजिम जनही जरिवाना गर्ने निर्णय गरेको थियो ।

तर, आयोगको उक्त निर्णयप्रति काठमाडौं उपत्यकाका मेयर बालेन शाहले रिट दायर गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवाना तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएका कारण हालसम्म पनि अलपत्र परेको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ मा आयोगले तोकेको जरिवाना नबुझाएमा सम्बन्धित उम्मेदवारलाई आयोगले ६ बर्षसम्म निर्वाचनमा भाग लिन रोक लगाउन सक्ने व्यवस्था उल्लेख थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
६ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा

शुक्रबार ३० असोज, २०८३
२ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०