कोशी नामकरणको आन्दोलन आजबाट चर्किँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको नामकरण पुनः हुनुपर्छ भन्दै आन्दोलनरत समूहले आजबाट नयाँ चरणको आन्दोलन चर्काउने तयारी गरेको छ ।

प्रदेश नम्बर १ पुन नामांकन संयुक्त संघर्ष समितिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ चरणको आन्दोलनको घोषणा गर्ने छ ।

‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नामविरुद्ध प्रदर्शन कार्यक्रम’ गर्न पहिचान पक्षधरका नेता–कार्यकर्ता विराटनगर आउनेक्रम जारी छ ।

विराटनगर बिजुली अफिसबाट र्‍याली निकालेर लोकतान्त्रिक चोक (पुरानो महेन्द्र चोक) मा आएर सभा गर्ने तयारी समितिको छ ।

जसमा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, जसपा नेपाल सहअध्यक्ष रकम चेम्जोङ, कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल, जसपा केन्द्रीय नेता रमेश राई र पूर्वमन्त्री जयराम यादव लगायतले सम्बोधन गर्ने छन् ।

यता, आन्दोलन चर्किने छाँटकाँट देखिएपछि सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ । कोशी प्रदेशसभा, मुख्यमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

२०७९ फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामकरण भएको थियो । प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ पारित गर्दा उक्त नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।

त्यसयता पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।

सो आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको गत वर्षको चैत १० गते मृत्यु भएको थियो ।

उनलाई सरकारले सहिद घोषणा गरेको थियो । पहिचान पक्षधरसँग सरकारले पटक–पटक वार्ता गरे पनि आन्दोलनका कार्यक्रम भने रोकिएका छैनन् ।

प्रकाशित समय: आईतबार २ मङ्सिर, २०८१, ११:११:४७
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०