भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ कार्तिक, २०८१
२ वर्षअघि

काठमाडौं । घरेलु टिम नेपाल काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेल निर्धारित समय १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यसपछि भएको पेनाल्टीमा ४-२ गोलले हराउँदै नेपाल लगातार फाइनलमा पुगेको हो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेर नेपाल सेमिफाइनल पुगेको छ ।

अब, नेपालले उपाधिका लागि बुधबार बंगलादेशसँग भिड्ने छ । बंगलादेश आजै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको थियो ।

भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको थियो । नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो ।

साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो । नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो ।

पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो ।

पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ । सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।

अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हार्‍यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।

प्रकाशित समय: आईतबार ११ कार्तिक, २०८१, २२:००:०४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०