अमेरिकाविरुद्धको अन्तर्राष्ट्रिय टी-२० मा नेपालको क्लिन स्विप

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । आसिफ र दुई कुशल चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको छ।

सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हासिल गरेको हो ।

Advertisement

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालले यसअघि पहिलो खेल १७ रनले जितेको थियो । शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगाबै सिरिज जितिसकेको थियो ।

तेस्रो जितमा ओपनर आसिफ शेखसँगै कुशल भुर्तेल र कुशल मल्ल नायक बने ।

नेपालले पहिलो विकेट पाँचौं ओभरको पहिलो बलमा गुमाएको थियो ।

नेपालका ओपनर अलिनकुमार साह १३ रनमा जसदीप सिंहबाट एलबिडब्ल्यु आउट भए ।

तर, अर्का ओपनर आसिफ र तेस्रो नम्बरमा आएका भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए ।

उनीहरू बीच ५० रनको साझेदारी भएको थियो । ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका आसिफ ५० रनमा जसदीपबाट क्याच आउट भए ।

तर, अघिल्ला दुई खेलमा बेन्चमा बसेका मल्लले भुर्तेलसँग बलियो साझेदारी गर्दै नेपाललाई जित दिलाए ।

३० बल खेलेका मल्लले चार चौका र एक छक्कासहित अविजित ४४ रन बनाए । दुई बल कम खेलेका भुर्तेलले दुई चौका र एक छक्कासहित अविजित ४० रन बनाए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०