विराटनगर । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले वुल्भ्समाथि जित निकालेको छ ।
आइतबार वुल्भसको मैदानमा भएको खेलमा सिटीले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो ।
सिटीको जितमा जोन स्टोन्सले अन्तिम सेकेन्डमा गरेको गोल निर्णायक बनेको थियो । खेल सकिन लाग्दासम्म १-१ गोलको बराबरीमा रहेको अवस्थामा स्टोन्सले गोल गरेका थिए ।
त्यसअघि खेलको सातौं मिनेटमा वुल्भ्सका जर्गनले गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
३३औं मिनेटमा सिटीका जोस्कोले बराबरी गोल फर्काएका थिए ।
जितसँगै सिटीले आठ खेलमा २० अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा एक अंकले मात्र अगाडि छ ।
सात खेल खेलेको लिभरपुलसँग १८ अंक छ । उसले आजै राति चेल्सीसँग खेल्ने छ ।