अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिक गर्ने रोनाल्डोको कीर्तिमानसँग मेसीको बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० असोज, २०८१
२ वर्षअघि

विराटनगर । फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले सनसनीपूर्ण जित निकाल्दा ह्याट्रिक गोल गरेका कप्तान लियोनल मेसीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा बोलिभियामाथि ६–० गोलान्तरको फराकिलो जित निकालेको थियो ।

जसमा ह्याट्रिकसहित कुल पाँच गोलमा योगदान गरेका मेसीले आफ्ना चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

३७ वर्षीय मेसीले अन्तर्राष्ट्रिय खेलमा १० पटक ह्याट्रिक गरेका छन् ।

यसअघि पोर्चुगिज स्ट्राइकर रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक धेरै १० वटा ह्याट्रिक गर्ने एकमात्र खेलाडी थिए ।

अब, आफ्नो राष्ट्रका सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीका रूपमा मेसी पनि थपिएका छन् ।

पछिल्लो दुई दशकयता विश्व फुटबलमा प्रभावशाली सक्रियता देखाइरहेका मेसी र रोनाल्डो करिब–करिब खेल करिअरको अन्त्यतिर छन् ।

अन्त्यसम्ममा यो रेकर्ड कसको नाममा रहला, त्यो भने हेर्न बाँकी छ ।

यता, समग्रमा ह्याट्रिक गोलमा भने रोनाल्डो अगाडि छन् ।

३९ वर्षीय रोनाल्डोले क्लब र राष्ट्रका लागि विभिन्न प्रतियोगितामा ६६ पटक ह्याट्रिक गोल गरेका छन् ।

अल नासरका स्टार स्ट्राइकर रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टसलगायत क्लबबाट ५६ ह्याट्रिक गोल गरेका छन् ।

हाल अमेरिकन क्लब इन्टर मायामीका लागि व्यावसायिक फुटबल खेलिरहेका मेसीले बार्सिलोना, पिएसजीलगायत क्लबबाट ४८ ह्याट्रिक गोल गरेका छन् ।

पाँच पटकका बालोन डी‘ओर विजेता मेसीलेसबै प्रतियोगिता गरी ५८ ह्याट्रिक गोल गरेका छन् ।

सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले राष्ट्रिय टोलीमा १८७ खेलमा १०९ गोल गरेका छन् ।

समग्रमा मेसीले ८४६ गोल गरेका छन् ।

उनका प्रतिद्वन्द्वी मानिने रोनाल्डोले कुल ९०६ गोल गरेका छन्, जुन फुटबल इतिहासमा सबैभन्दा बढी गोल हो ।

प्रकाशित समय: बुधबार ३० असोज, २०८१, १६:०५:१०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०