आठौं खेलबाट बार्सिलोनाले टुंग्यायो अपराजित यात्रा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ असोज, २०८१
२ वर्षअघि

एजेन्सी । नयाँ सिजनको स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा टुंग्याएको छ ।

शनिबार राति भएको खेलमा ओसासुनासँग ४–२ गोलान्तरले पराजित भएसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रा टुंग्याएको हो ।

ओसासुनाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एन्टे बुडिमिरले दुई गोल गर्दा ब्रान जारागोजा र एबेल ब्रेटोनसले एक-एक गोल गरे ।

बार्सिलोनाका लागि पाउ भिक्टर र लायम यमलले एक-एक गोल गरे ।

खेलको १८औं मिनेटमै ओसासुनाले एन्टे बुडिमिरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो ।

त्यसको १० मिनेटपछि ब्रायनले नै अग्रता दोब्बर बनाए । ५३औं मिनेटमा पाउ भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर, ७२औं मिनेटमा बुडिमिरले गोल गर्दै ओसासुनाको अग्रता ३–१ मा पुर्‍याए । निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा यमलले गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।

यससँगै बार्सिलोनाले आठ खेलमा गएर आफ्नो अपराजित यात्रा टुंगाएको हो ।

शीर्ष स्थानको बार्सिलोनाको २१ अंक रहँदा एक खेल कम खेलेको रियल मड्रिड चार अंकले पछि परेको छ । छैटौं स्थानमा उक्लिएको ओसासुनाको भने आठ खेलबाट १४ अंक छ ।

 

प्रकाशित समय: आईतबार १३ असोज, २०८१, ०८:३९:०९
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०