एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा बेपत्ता, तीन जनाको शव भेटियो

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माविमा पढ्ने एन्फा एकेडेमीमा ६ जना विद्यार्थी पहिरोले बगाएर बेपत्ता भएका छन् ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले एकेडेमीमा बस्दै आएका विद्यार्थीलाई शनिबार बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

एन्फाले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा सञ्चालन गरिरहेको आवासीय व्यवस्थासहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरू क्रमश: दिवस बाँनिया, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार बिहान करिब ६:३० बजे उक्त स्थानबाट अन्यन्त्रतर्फ लाग्ने क्रममा पहिरोमा परेका हुन् ।

बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् । तथापि, फेला परेको शवको सनाखत हुन सकेको छैन ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले शनिबार बिहान उक्त घटना भएको जानकारी दिए ।

वत्सला मावि एन्फा एकेडेमीका करिब ४० जना विद्यार्थी होस्टेलमा बस्ने गरेका थिए ।

उनकाअनुसार घटनाभएको खबर प्राप्त भए प्रहरी घटनास्थलमा पुगेको पनि वर्षाको कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ ।

एकेडेमीका अरू विद्यार्थी सकुशल रहेका छन् ।

विद्यार्थीहरूको उद्धार एवम् खोजीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको टोली घटनास्थलमा गएको छ ।

घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब दुई दुई किमी पश्चिममा रहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०