आज बालोन डी’ओर अवार्ड घोषणा हुँदै, कसले जित्ला त ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी’ओर आज पेरिसमा आयोजना हुँदै छ ।

उक्त समारोहमा सन् २०२४ को महिला र पुरुष खेलाडीलाई प्रदान गरिने बालोन डी’ओर अवार्ड घोषणा हुने छ ।

फुटबलको प्रसिद्ध अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले वर्ष २०२४ को अवार्डका लागि ३० खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

६८औं संस्करणको उक्त अवार्डका लागि वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका ३० खेलाडीको नामावली गत महिना सार्वजनिक भएको थियो ।

सन् १९५६ यता बर्सेनि महिला र पुरुष फुटबलमा उत्कृष्ट खेलाडीलाई बालोन डी‘ओर प्रदान गरिँदै आएको छ ।

सन् १९५६ देखि सन् १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिँदै आएको यो अवार्डको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीलाई पनि दिन थालिएको हो ।

सन् २००७ पछि भने विश्वभरका सबै देश र क्लबलाई सहभागिताका लागि योग्य ठहराउन थालिएको हो ।

यो पुरस्कार सर्वाधिक धेरै पटक पाउने खेलाडी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी हुन् ।

विश्वकपविजेता मेसीले हालसम्म आठ पटक उक्त अवार्ड चुमेका छन् ।

सन् २००९ देखि २०१२ सम्म लगातार अवार्ड जितेका मेसीले २०१५, २०१९, २०२१ र २०२३ मा बालोन डी‘ओर जितेका छन् ।

मेसीका समकालीन क्रिस्टियानो रोनाल्डो पाँच पटक जित्दै सर्वाधिक धेरै बालोन डी‘ओर जित्ने सूचीमा दोस्रो बनेका छन् ।

उनले सन् २००८, २०१३, २०१४, २०१७ र २०१८ मा फुटबलको चर्चित पुरस्कार जितेका छन् ।

सन् २०१८ देखि १० वर्षसम्म यो अवार्डमा मेसी र रोनाल्डोको बर्चस्व रह्यो । सन् २०१८ मा भने आफ्नो राष्ट्रलाई २०१८ को विश्वकपमा उपविजेता बनाएका क्रोएसियाका लुका मोड्रिकले जिते ।

कोभिड महामारीका खेलहरू नै अस्तव्यस्त हुँदा २०२० को बालोन डी‘ओर कसैलाई प्रदान गरिएन । २०२२ मा भने करिम बेन्जेमाले उक्त अवार्ड उचाल्ने अवसर पाए ।

२०२३ मा मेसीले बालोन डी’ओर जिते । अब, यसपालिको बालोन डी‘ओर कसले जित्ला त भन्नेमा फुटबलप्रेमीहरूको चासो–चिन्ता औधी छ ।

विश्वभरिका खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गरिने छ ।

बालोन डी‘ओर अवार्डमा फिफाको पछिल्लो वरीयताअनुसार टप–१०० देशका पत्रकारले भोट गर्ने प्रावधान छ ।

सन् २०२२ अघि सबै देशले भोट गर्न पाउने नियम थियो । तर आयोजकले सन् २०२२ बाट सिजनका आधारमा अवार्ड दिने ढाँचा लागू गरेपछि भोटिङ अधिकार पनि फिफा वरीयताका टप–१०० देशका पत्रकारलाई मात्रै दिएको हो ।

नियमअनुसार एक पत्रकारले पाँच भोट अर्थात् पाँच जनालाई दिन पाउँछ । जसअनुसार पहिलो नम्बरको भोटको अंक पाँच हुन्छ ।

मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छैनन् ।

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो ।

सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन् ।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन् ।

इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन् ।

स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन् ।

प्रकाशित समय: सोमबार १२ कार्तिक, २०८१, २२:०२:५८
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०