विराटनगरको कान्तिपुर कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० स्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ ।

आइतबार सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेर कान्तिपुरमा भर्ना लिने विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो ।

विद्यार्थी, अभिभावक तथा विभिन्न आगन्तुकबीचमा कलेजले १०औं ब्याचका विद्यार्थीहरूलाई सम्मान गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रमका सञ्चालक तथा कान्तिपुर कलेजका सञ्चालक शंकर काफ्लेले यो शैक्षिक सत्रमा कक्षा ११ मा नौ सय २० विद्यार्थी भर्ना भएको जानकारी दिए । उनका अनुसार विज्ञान संकायमा ३५० जना भर्ना भएका छन् भने व्यवस्थापन संकायमा ४२० जना र होटल म्यानेजमेन्टतर्फ १५० छात्र-छात्रा भर्ना भएका छन् ।

अघिल्लो वर्ष कक्षा ११ मा ११ सय जनाले भर्ना लिएका थिए ।

कलेजका निर्देशक विष्णु दाहालले अभिभावक र विद्यार्थीको इच्छा भरोसालाई टुट्न नदिनेगरी कान्तिपुर लागिपरेको सुनाए ।

प्रा.डा. तेजनारायण मण्डलले कान्तिपुर कलेजले समाज र देशलाई खाँचो परेका जनशक्ति उत्पादन गर्नेक्रमलाई निरन्तरता दिइरहेको सुनाए ।

कान्तिपुर कलेज छोटो समयमा ठूलो फट्को मारेको शैक्षिक संस्था भएको उल्लेख गर्दै यो विश्वसनीयता कायमै राख्ने प्रयत्न आफूहरूको रहने बताए ।

प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालले विश्वविद्यालयको महत्त्वपूर्ण खुट्किलो मानिने प्रवीणता तहमा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिए ।

कलेजका निर्देशक डा. जनक अधिकारीले विद्यार्थी र अभिभावकले कान्तिपुर नै रोज्ने सही निर्णय गरेको दाबी गर्दै प्रवीणता तहमा राम्रो नतिजा निकाल्न सकेमा युनिभर्सिटीको ढोका सहज हुने बताए ।

कलेजका प्रिन्सिपल भेषराज नेपालले कमजोर विद्यार्थीलाई शैक्षिक रूपमा अब्बल बनाउनेगरी कान्तिपुर लागिपरेको बताए । पढाइका अलाबा अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सदैव अगाडि रहेको सुनाउँदै प्रिन्सिपल नेपालले विश्वविद्यालयको आधार मानिने ‘प्लस टु’ मा विद्यार्थीहरूले मिहिनेत गरिदिन आग्रह गरे ।

विद्यार्थीको उद्देश्य र अभिभावकको सपनाअनुरूप पठनपाठनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कोशी प्रदेश प्रमुख जीवन गड्त्यौलाले विभिन्न ३१ वटा विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरूलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले परीक्षाको जिपिएलाई आफ्नो जीवन, समाज र संस्कारसँग जोड्नपर्ने बताए । तथापि, कम जिपिए आएकोमा चिन्तित नभई उज्ज्वल भविष्यका लागि कडा मिहिनेत गर्न आग्रह गरे । विद्यार्थीलाई उनीहरूको चाहना, क्षमता र रुचिका आधारमा पठनपाठन गराउन कलेजले जोड दिनुपर्ने उनको भनाइ छ ।

एसइईमा उदयपुर ‘टपर’ र कान्तिपुरको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छात्र सिर्जित घिमिरेले भरोसाका साथ कान्तिपुरमा भर्ना लिएको सुनाए । कलेजको समग्र नतिजा देखेर ठूलो उद्देश्यका साथ कान्तिपुर रोजेको उनको भनाइ थियो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरू अविषा लिम्बू , प्रियंका चौधरी, परीक्षा दाहाललगायतले कान्तिपुर पठनपाठनमा अब्बल र विद्यार्थीहरूको सपना साकार पार्ने सोचेर कान्तिपुर रोजेको बताए ।

२०७२ सालमा स्थापित कलेजले उत्कृष्ट नतिजा ल्याउने १०० विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने गरेको छ

प्रकाशित समय: आईतबार ६ साउन, २०८१, १०:४७:४५

सम्बन्धित खबर

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
११ minutes

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
३ घण्टाअघि

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
२० घण्टाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ दिनअघि

इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी

शनिवार ९ साउन, २०८३
१ दिनअघि
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०