विराटनगरको बजेट ३ अर्ब ४९ करोड, आन्तरिक आयमा ह्रास

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ असार, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।

महानगरको सभा कक्षमा आज आयोजना भएको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी हुन् ।

महानगरपालिकाले प्रस्तुत गरेको विनियोजन विधेयकमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तैगरी वित्तीय व्यवस्थातर्फ ५ करोड रुपियाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपियाँको बजेट प्रस्तुत गरेको हो ।

वार्षिक खर्च अनुमानका लागि संघीय र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८३ करोड ६९ लाख २९ हजार रुपैयाँ, आन्तरिक राजश्वबाट एक अर्ब १० करोड ८६ लाख ८५ हजार रुपैयाँ, चालू वर्षको मौज्दातबाट २५ करोड रुपैयाँ, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विशेष, सशर्त, समपूरक अनुदानबाट ८९ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ ।

महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा ५९ करोड, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ५ करोड, चालु खर्चतर्फको दायित्व भुक्तानी गर्न ३ करोड ३४ लाख ८३ हजार रुपियाँ खर्च हुने अनुमान गरेको छ ।

महानगरले बहुवर्षीय ठेक्का तथा गौरवका आयोजनाहरुको सरिआएको दायित्व भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रमका लागि ५ करोड ६० लाख रुपियाँ विनियोजन गरेको छ ।

यस्तै, संरचना मर्मतसम्भार गर्न १० करोड रुपैयाँ र भारी सवारीसाधन खरिद गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले सामाजिक विकासतर्फ ७८ करोड ७८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २० करोड ५७ लाख रुपैयाँ, महिलालक्षित कार्यक्रमका लागि ९९ लाख ५७ हजार रुपियाँ, संघ संस्थातर्फ दुई करोड ७० लाख रुपैयाँ, लक्षित वर्ग कार्यक्रमका लागि ६२ लाख रुपैयाँ, बालबालिका लक्षित कार्यक्रमका लागि ७० लाख ८० हजार रुपैयाँ र युवा विकास कार्यक्रमका लागि ९५ लाख ८४ हजार रुपैयाँ, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आन्तरिक आयमा ह्रास

विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो ।

चालू वर्षमा एक अर्ब २ करोड रुपियाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

असार मसान्तसम्म करिव ५५ करोड राजस्व संकलन हुन सक्ने देखिएको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए ।

आन्तरिक राजस्व बढाउन महानगरले चालु वर्षको कर तथा राजश्वको दरमा हेरफेर र क्षेत्रहरु विस्तार गरेको भएपनि राजस्व वृद्धि हुन सकेन ।

गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालू वर्षको भन्दा ८ करोड बढी राजस्व संकलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ ।

प्रकाशित समय: सोमबार ११ असार, २०८१, १८:२१:००

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२३ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०